गुलाबी सपना 

ईश्वरी कार्की 'वर्षा’

र्‍याकभरिका पुस्तकले
पर्खिरहेछन्
नव दुलहीझैं
घुम्टो खोलीको दिन

गुलाबी सपना 

समय निस्किरहेछ

हातबाट

कसले पो पढ्न सके

जीवन भोगाइका आयामहरु ?

कसले सके र छिचोल्न

रहस्यमय मृत्युको उपल्लो क्षितिज ?


म त्यस्तो पुस्तक पढ्न चाहन्छु

जसमा

भयको सन्नाटा कतै नलेखियोस्

मृत्यु–छाया कतै नदेखियोस्


अचेल तन्नेरी घाम

लेखिरहेछ

अस्ताचलतिर ढल्किँदै गरेको रवि


यदि गुलाबी सपना

भुलेर

मृत्यु चिन्तनमा रमाई

आफूसँगै बेखबर रहन्छ भने

बुझे हुन्छ

अभिभावकले

के कारण

गितारको तारझैं

बीचमै टुटिरहेछन्

बैंसालु आत्माका धुनहरु


निकोटिनले पहेंलिएको

उदास अनुहारले

किन रोज्छ

गुलाबी उमेरमै

आत्महत्या ?

प्रकाशित : फाल्गुन २९, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?