कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जोकर र देश

विश्‍व सिग्देल

जोकरले
आफ्नी श्रीमतीलाई चुट्किला सुनायो
र मुस्कान पायो !

जोकर र देश

जोकरले

आफ्नी आमालाई चुट्किला सुनायो

र स्याबासी पायो !


जोकरले

आफ्ना टोल, छिमेकीलाई चुट्किला सुनायो

र ताली पायो  !


घरपरिवार र टोलछिमेकीको तालीले

जोकरले सर्कसमा राम्रो जागिर खायो


बिस्तारै,

जोकरलाई सर्कस साँघुरो लाग्न थाल्यो

जोकरले देशलाई नै सर्कस बनायो !!

प्रकाशित : माघ १७, २०७७ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?