१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शिवलिंग

सविता विमली

सभ्यताको आदिम सिर्जनाको 
प्रतीक हो 
शिवलिंग !

शिवलिंग

यसलाई लिंग मात्र भन्नेहरु छन्

मेरा वरिपरि

म भने देखिरहेछु

आदिशक्तिको योनिको

अपूर्व आभा

जुन योनिको आधार

नलिई उभिन सकेको छैन

तिमीले पुज्ने गरेको लिंग पनि !


यो त आदि जोडीको

अनादि प्रेमको प्रतीक हो !


यो हो एक आदि ‘अर्ग्याजम’ को

अभूतपूर्व दृश्य !


जुन तिमीले न कहिल्यै देख्यौ

न फेरि देख्नेछौ !


भगको भोगले नै

बनाएका

भगवान् र भगवतीहरुले पनि पुजेको

शिवलिंग मात्र लिंग कसरी हुन सक्छ ?


भन्नेहरुले लिंग मात्रै भनिरहे पनि

यो योनि हो

सृष्टिको आदि योनि

उदात्त, उन्मत्त, उन्मुक्त प्रेमको स्मारक !


जब दृश्यलाई पनि झूटो

बनाइयो

र, भनियो मात्र लिंग

त्यहीँदेखि नै एककाँधे

बनेको हो यो समीकरण

जसले गरेन सम्मान

योनिसत्ताको

र, गरिरह्यो पटकपटक घात मात्रै !


अब बदलिनुपर्छ

तिमी

र, तिम्रा कृत्यहरु !!


सुरू गरौं

पुज्न

यो धराका तमाम योनिहरु

जो अलिखित सृजनशक्ति

र, अवर्णनीय परमानन्दका

लागि जन्मिएका हुन् !!

हो,

यो तृप्तिको कुनै मूल्य छैन

यो प्रेमको अर्को कुनै नाम छैन !!

प्रकाशित : माघ १०, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?