योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु)

फोटो

काठमाडौँ — ४९ वर्षे योगीन्द्रबहादुर खड्का बाँसुरी बनाउँछन्, बजाउँछन् र बेच्छन् पनि । बाँसुरीप्रति आकर्षित हुँदा उनी ६ वर्षका मात्र थिए । रेडियो नेपालमा बाँसुरीका धुन सुन्थे, झन् मोहित हुन्थे । बाँसुरी बजाउन उनलाई पनि मन लाग्यो । बाँसुरी किने र बजाउन थाले तर सुरमा बजेन । तैपनि सुन्न र बजाउन छाडेनन् ।

योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु)
योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु)

बजाँउदाबजाउँदै कति बाँसुरी फुट्थ्यो । तर, बाँसुरी बनाउने ठाउँ यता थिएन । चाड–पर्वमा मेला लाग्थ्यो, भारतको बिहारबाट नेपालमा बाँसुरी आउँथ्यो । सधैं फुट्न थालेपछि उनले आफैं बाँसुरी बनाउने निधो गरे । तर, बनाउने तरिका थाहा थिएन । बाँसुरी ओल्टाईपल्टाई हेरे, जताजता प्वाल छन् हेरेर बाँसमा त्यसैअनुसार प्वाल बनाए । पहिलोचोटि चारवटा प्वाल बनाएर बाँसुरी बनाउने उनको प्रयास असफल भयो । त्यसपछि ६ वटा प्वाल बनाए– सुरिलो भएन । पछि जहाँ पायो त्यही घोपे, अलि सुरमा बज्न थाल्यो । एकचोटि त भारतको विणा कम्पनीको बाँसुरी किनेर ल्याए, त्यसकै सिको पनि गरे । दुरुस्तै त्यस्तै बनाए तर त्यतिबेला ध्वनि नाप्ने मेसिन थिएन ।

योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु)

रेडियो नेपालमा बजेका गाना सुनेर दुरुस्तै बजाउन सिकिसकेका थिए । गाउँघरका पूजाहरूमा बजाउनुपरे उनै अघि सर्थे । झापाको जुरेपानी, दुधौली गाउँमा स्कुले पढाइ सकेपछि उनी २०४७ सालमा काठमाडौं आए । उनलाई बाँसुरी सिक्न मन थियो । तर, गुरु पाएनन् । बाँसुरी सिकाउने गुरुहरू त्यतिखेर थिएनन् । भए पनि निकै कम थिए । बाँसुरीको कोर्स गर्न उतिबेला भारत जानुपर्थ्यो । उनी भारत पुगे, विभिन्न ठाउँमा तीन वर्षजति सिके । नेपाल फर्केर नेपाली सिनेमामा गीतका लागि बजाए ।

योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु)

बाँसुरीमा योगीन्द्रले धेरै अनुसन्धान गरेका छन् । २०६१ मा बाँसुरी बनाउन सुरु गरिसकेका थिए उनले । भारतबाट ई–स्केलको बाँसुरी मगाउँदा पाँच हजार भारु तिर्नुपरेपछि उनी आफैंले बाँसुरी बनाउन थालेका हन् । अहिले उनी भारतबाट बाँसुरी होइन, बाँस मगाउँछन् र आफैं बाँसुरी बनाउँछन ।

योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु)

सस्तोमा क्लालिटीको बाँसुरी बेच्छन् । भन्छन्, ‘बाँसुरीको डिमान्ड पनि बढेको छ ।’ उनका अनुसार, संगीतका ७ शुद्ध र पाँच विकृत स्वर गरी १२ स्वरका २५ थरी बाँसुरी बनाउने चलन छ ।

योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु)

बीस वर्षदेखि उनले बाँसुरी बनाउँदै, बेच्दै आएका छन् । ‘बजारमा भेटिएका कुनै पनि बाँसुरी सही मापनका भेटिँदैनन्,’ उनी भन्छन् । २०५५ सालपछि उनले बाँसुरी सिकाउन थाले । अहिले पनि सिकाउँछन्, अनलाइन क्लास पनि लिन्छन् । अहिले ५० जना विद्यार्थीे छन् बाँसुरी सिक्ने । नेपालबाट धेरै बाँसुरी अमेरिका निर्यात गरिन्छन् र युरोपमा पनि । बाँसुरी एक हजारदेखि सात हजार मूल्य पर्छ । भविष्यमा सोलो क्लासिकल स्टेज सो गर्ने धोको छ योगीन्द्रको ।

योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु)

योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु)

योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु)

योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु)

योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु)

प्रकाशित : चैत्र १, २०७६ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?