३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चंगा चेट

कविता
दिनेश अधिकारी

षड्यन्त्रबाट सुरू भएको खेलले
भर्खरै एउटा परिणाम दियो
आकाश छुन्छुझैं उडिरहेको
गुलाबी चंगा चेट भयो
मनमोजी खानपानले रमाएका
समर्थकहरुको सुसेली र थपडीसागै
लट्टाई घुमाइरहेको
अगुवाको अनुहार तेज भयो


चंगा चेट भयो

अखाडाहरुमा
कसैले धागोमा मैन लगाउादै गयो
कसैले धागोमा सिसा चढाउादै गयो
र, एक–अर्कालाई जोड्ने क्षमताको धागो
धागो नरहेर छिनको छिनमै
धारिलो हतियारमा परिणत भयो
आकाशमा जति काटिँदै गए
त्यही अनुपातमा
रङ–रङको चंगा
लट्टाईमा नारिादै गयो
शत्रुको शत्रु – आफ्नो मित्रु !
प्रतिस्पर्धाको यही दुर्गमा उभिएर
चंगाबाजले आफूलाई परिचालित गरिरहृयो
जित्ने/हार्ने दोसााधमा रहेकाहरुबीच
एकाएक अप्राकृतिक सााठगााठ भयो

चेट !
ताराबुट्टे चंगाको पुच्छर काटियो
हेर्दाहेर्दै–
हासिया भाातीमा घुम्यो सूर्यमुखी चंगा
र, तीनधर्केसाग पौठाजोरी खेल्ने सुर कस्यो
मसाल भएर निस्कियो नीलो रङको चंगा
र, पुर्ख्यौली शत्रुजस्तो
पहेंलोलाई त्यसले खेदेको खेद्यै गर्‍यो
चेट !
छिर्बिरे त नयाा गठबन्धनको निसानामा छादै थियो
एकै छिनको फरकमा
छाते र गाजले चंगा पनि काटियो
कैंचीमा परेका थिए
मादले र गोरूसिङ्गे चंगाहरु
केही बेर आ–आफ्नो धागोमा
एकले अर्कोलाई अल्झाएर सिागौरी खेले पनि
जेलिादाजेलिादै उड्ने गति हराएपछि
धर्तीको शरण– तिनीहरुको पनि अन्तिम नियति भयो
पहलमानी खेल्न
अर्को कोही नआएपछि
सम्पूर्ण आकाशलाई आफ्नो एकलौटी बिर्ता ठान्दै
मदमत्त ! जताततै फन्का मारिरहेको
बाह्रमुखे चंगा पनि कहाा धेरै बेर टिक्न सक्यो र ?
आफ्नै ग्वााकले ठाउा छोडेपछि
असन्तुलित भएर धुन्मुनिदै
बिजुलीको तारमा पुगेर अड्कियो

अब आकाश पूरै खाली भयो

नीलो आकाशमुन्तिर
चंगाहरुको एउटा अर्को फूलबुट्टे आकाश हेर्ने मन थियो दर्शकहरुको
चंगाहरुको मितेरी नाच हेर्दै चाडबाड मनाउने रहर थियो दर्शकहरुको
चंगाहरुको रङ्गीन कोलाज हेरेर रमाउने चाहना थियो दर्शकहरुको
तर चंगाबाजहरुको ध्यान
एक–अर्कालाई सिध्याउनमै केन्द्रित थियो
र, त्यस्तै भयो

चंगा चेट ! चंगा चेट !
यो वर्षको रणनीति
कसैका लागि पानीमाथिको तेल भयो
कसैका लागि आध्यारोको खेल भयो

चुरचुर थाकेर
आ–आफ्नो शिविरमा फर्केका छन् अहिले सबै
र, अर्कोपटक
आफ्नो जित सुनिश्चित गर्न
अखाडैपिच्छे
फेरि षड्यन्त्रको चुइगम चपाउन थालेका छन्
फेरि षड्यन्त्रको मासु बफाउन थालेका छन्
फेरि षड्यन्त्रको थपडी बजाउन थालेका छन्

अर्कोपटक
थाहा छैन–
कोसाग कसको मुठभेड हुन्छ
कोसाग कसको सााठगाँठ हुन्छ
हेर्नु छ–
अर्कोपटक
क–कसको षड्यन्त्र धानखेत हुन्छ
क–कसको चंगा चेट हुन्छ


[email protected]

प्रकाशित : कार्तिक ३०, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?