कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कविता : प्रभु ! यत्ति भए त...

लेखनाथ भण्डारी

प्रभु ! यत्ति भए त... लेखनाथ भण्डारीको कविता :

कविता : प्रभु ! यत्ति भए त...

घाँटीमा
एउटा–दुईटा दुपट्टा
छातीमा
एउटा–दुइटा तक्मा
भित्तामा
एउटा–दुइटा अभिनन्दन र प्रशंसापत्र
दोबाटोमा
एउटा–दुइटा सालिक र शिलापत्र
प्रभु !
यत्ति पनि नभए त जिन्दगी
व्यर्थै हुने भयो ?

प्रभु !
चाहिंँदैन बाँकी अरु कुनै वरदान
यति भए त
जीवन सार्थक हुनेथियो
शान्तिले सास जानेथियो ।

प्रभु !
यति भए त हुनेथियो
कुनै कीर्ति नै नरहे
फुर्ती पनि केही नरहने भयो ।

घाँटीमा...
छातीमा...
भित्तामा...
र, दोबाटोमा पनि...
त्यतिचैं भए त
जीवन सार्थक हुने थियो
शान्तिले सास जाने थियो ।

प्रभु !यति भए त
जोरी–पारीको हाँसो पनि जाने थियो
श्रीमती र छोराछोरीको हाँसो छरिने थियो ।

हो प्रभुजी !
यति भए त
जीवन सार्थक हुने थियो
शान्तिले सास जाने थियो ।

प्रकाशित : कार्तिक २३, २०७६ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?