१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

अँध्यारोमा

गिरि श्रीस मगर

र, लुटिएर सिमानामाबल्लतल्ल घर आइपुगेको मुगलानिया हुँ म  ।

घेरेर मलाई उभिएका छन् नानीहरुपिाढीमा राखेको छु मैलो पुरानो झोला ।

उछिनपाछिन गर्दै
नखोल्नुपर्ने नानीहरुले त्यो झोला !
हेर ! हेर !!
निस्केर झोलाबाट कस्तरी फैलिरहेछ अँध्यारो !
कस्तरीे बोलिरहेछ क्रूरताको मौन भाषा
कस्तरी पोतिरहेछ अनुहारहरुमा
निराशा !

र, खाडीबाट आएको
दुस्वप्नजस्तो बाकस हुँ म ।

सामूहिक चीत्कारबीच
छोपिएको छु कााडैकााडाको मालाले ।

रूादैरूादै प्रियजनहरुले
नखोल्नुपर्ने त्यो बाकस !
हेर ! हेर !!
निस्केर बाकसबाट कस्तरी फैलिरहेछ अँध्यारो !
कस्तरी फैलिरहेछ हावाको वेगमा
खरानीको रासजस्तै
कस्तरी पसिरहेछ आाखामा अश्रुग्यासजस्तै !

र बाउन्न हन्डर, त्रिपन्न ठक्कर खाएर
राजधानीबाट गाउँ फर्केको
बेरोजगार क्लान्त युवा हुँ म ।

देउरालीको लाकुरी–फोदमा
सुस्ताउँछु एकै छिन ।

ठोकेर पुर्पुरो आफ्नै
फाल्छु लाऽऽमो एक सुस्केरा !
नफाल्नुपर्ने सुस्केरा त्यसरी !
हेर ! हेर !!
निस्केर सुस्केराबाट कस्तरी फैलिरहेछ अँध्यारो !
कस्तरी दौडिरहेछ गाउँभरि फैलाएर
शोक धुन
दुःखले जस्तै –
कस्तरी छोपिरहेछ डाँडामाथिको घामजून !

र, अर्को ध्रुवमा
भयङ्कर समृतिको सिरक ओढेर सुतिरहेछ समय
तर्साउने तिखा आवाजसहित
रक्ताम्य सडकहरुमा भने
अनवरत चलिरहेछ अँध्यारो को सवारी,
उज्यालो भने
जाममा परिरहेछ कतै क्षितिजपारि !

ओर्लेर पुरातन बग्गीबाट
अँध्यारो ले–
निचोरिरहेछ उषाकालीन उज्यालो
निर्दोष नानीहरुका ओठबाट !
जिज्ञासु किशोरहरुका आँखाबाट !!

चोरिरहेछ शेष उज्यालो
उत्साही युवाहरुका मनबाट !
अनुभवी प्रौढहरुका मस्तिष्कबाट !!

त्यसपछि–
देखिन्न अँध्यारो मा
ड्रयाकुला शासकको खुनी दाह्रा !
हत्यारा हातको रामपुरी खञ्जर !
बलात्कारी हातको तेजाब र नङ्ग्रा !

अँध्यारो मा–
साथी र शत्रुको रङ उस्तै लाग्छ
उस्तै लाग्छ–
गोमन सर्पको चिल्लो शरीर
र मायालुको कोमल स्पर्श !

अँध्यारो मा–
दिन र रात एउटै लाग्छ
घर र घाट एउटै लाग्छ ।

अँध्यारो ले हैरान खेलाएको
मुगलानिया हुँ म !
दुस्वप्नजस्तो बाकस पनि मै हुँ !
मै हुँ–
बेरोजगारीले क्लान्त
पुर्पुरो ठोकिरहेको युवा !

प्रकाशित : आश्विन ११, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?