आफ्नै मनसँग एकक्षण
समयले टेक्दा–टेक्दा
च्यातिन लागेका मान्छेका अनुहारहरु,
जूनले आासु पुछेर फालेका
फूलका चिसाचिसा पातहरु
सधौ सााझ पर्खेर बसिरहने
यी उदासउदास रेस्टुरेन्ट बैंसहरु,
ह्याङ्गरमा झुन्डिएको
महागीको थोत्रे कोट,
मैले उधारो खाने
भट्टीपसल,
चियापसल,
पानपसल...
मेरो खुङ्खार आतङ्ककारी मित्र,
सधौ रूादैरूादै स्कुल जाने ससाना केटाकेटीहरु
यी सप्पैसप्पै देख्न सकिने
अथवा हिाड्दा पुग्न सकिने ठाउामा उभिएको छु ।
र
बोकेको छु यौटा झोला
जसभित्र छ—
मेरी सानी छोरीको तस्बिर,
उनको नाउामा
भर्खर लेखेको एउटा कविता,
अनि एक खुकुरी चुरोट ।
चुरोट सल्काउाछु र गम्छु
कुन पहाडले छेकेको छ मलाई
र आजसम्म
आफूले आफैंलाई देख्न सकेको छैन ?
कि, कुन
दुर्गम गाउामा बसेको छु म
र आजसम्म
आफूले आफैंलाई भेट्न सकेको छैन ?