कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जलबिरेमा जलप्रेमी

हरिहरसिंह राठौर

चितवनको इच्छाकामनास्थित जलबिरे झरनामा पछिल्लो समय युवाहरूको आकर्षणको केन्द्र बनेको छ  । चितवनको पहिचान भएका ४० उत्कृष्ट पर्यटकीय आकर्षणमध्ये जलबिरे झरना उत्कृष्ट गन्तव्यमा पर्छ  ।

जलबिरेमा जलप्रेमी

उक्त झरना १ सय २ मिटरभन्दा बढी लामो छ । युवाहरू निकै टाढाटाढाबाट यस झरनामा आनन्द लिन आउछन्, विशेषगरी गर्मी समयमा । ‘जाडो यामको पुस, माघ र साउनमा झरना हेर्ने आउनेको कमी हुन्थ्यो तर यसपाला साउनमै पनि आए, एकै दिन ११ सय जनाले झरना हेर्न टिकट काटेको रेकर्ड छ,’ लामो झरना व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका स्थानीय शिक्षक देवकुमार गुरुङले बताए । गीत संगीत छायांकन गर्ने र टिकटक रेकर्ड गर्नेहरूको पनि यहाँ भिड लाग्छ । भरना हेर्न व्यवस्थापन समितिले नेपालीसँग ५० र विदेशीसँग रु. १ सय लिने गरेको छ । उक्त रकम व्यवस्थापन समितिले वार्षिक १५ लाख स्थानीय तहलाई बुझाउने गरेको छ । नारायणगढ मुग्लिन सडकको जलबिरे मन्दिरबाट ५ सय मिटर ग्रामीण सडक हुँदै झरना पुग्न सकिन्छ ।










प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?