'आलोचनाभन्दा माथि उठेर लेख्न सकें'

द गार्डियन

अमेरिकाको सुदूर उत्तरपूर्वीय राज्य मेनमा सन् १९४७ मा जन्मिएका स्टेफेन किङले आफ्नो पहिलो प्रकाशित उपन्यास 'क्यारी' १९७४ मा लेखेका थिए  । उनले आधा शताब्दीभन्दा लामो समय अमेरिकाको सानो सहरमा रहेका राक्षस तथा हिरोहरूका बारेमा लेखेका छन्  ।

पात्रैपात्रले भरिएका उनको ग्यालरीमा किलर क्लाउनको ग्यामट र डेमोनिक कार्सदेखि साइकोटिक फ्यान्स र अस्तव्यस्त राजनीतिज्ञसम्म छन् । उनको सर्वाधिक रुचाइएका किताबहरू 'द स्ट्यान्ड', 'आईटी', 'द डेड जोन' र 'पेट सिम्याटरी' हुन् । उनको पछिल्लो उपन्यास, 'द इन्स्टिच्युट' को कथा सर्वसत्तावादी श्रम शिविरको वरपर घुम्छ जहाा अलौकिक क्षमता भएका बालबालिकालाई राखिन्छ । त्यहाा बच्चाहरू प्रवेश त गर्छन्, तर बाहिरिादैनन् । उनै किङसित जान ब्रुक्सले 'द गार्डियन' का लागि लिएको अन्तर्वार्ता यहाा साभार तथा अनूदित गरिएको छ ।

क्यारी प्रकाशित हुँदा पृष्ठभूमिमा वाटरगेट, भियतनाम युद्ध र प्याटी हर्स्ट अपहरण काण्डहरू चर्चामा थियो । अहिले अमेरिकाको बारेमा लेख्नका लागि धेरै डर लाग्दो छ कि कम डर लाग्दो छ ?
अहिले विश्व नै डर लाग्दो भएको छ, अमेरिकाको मात्रै के कुरा । यदि जीवनकै कुरा गर्नुहुन्छ भने(– हामी तर्साउने घरमा बसेका छौं, भूताहा ट्रेनमा सवारमा छौं । डर आउँछ र जान्छ, तर सबैले रुचाइका कारण राक्षसहरू भने जीवित व्यक्तिसँग तुलना हुँदै बसिरहन्छन् ।

द इन्स्टिच्युट बालबालिकाका लागि बनाइएको श्रम शिविरको बारेमा छ । जहाँका कर्मचारीहरू अति नै क्रूर छन् । ट्रम्पको अध्यागमन नीतिको प्रभाव किताबमा कत्तिको छ ?
ट्रम्पको अध्यामगन नीतिको किताबमा प्रभाव छैन किनभने यो किताब केही पनि नजानेका डम्बबेल राष्ट्रपति हुँदा लेखिएको हो । विश्वभर नै बालबालिकालाई बन्धक वा मजदुर बनाइन्छ । आशा छ जसले यो किताब पढ्छ उसले अहिलेको प्रशासनले गरेको क्रूर व्यवहार र रंगभेदी नीतिहरूसँग यसको तार जोडिएको पाउन सक्छ ।

तपाईं रिपब्लिकन मजदुरको घरमा हुर्किनुभयो । तपाईंको आमाले अहिलेको पार्टीका बारे के टिप्पणी गर्नुहुन्थ्यो होला ?
मेरी आमाले जब अन्तिमपटक जर्ज म्याकगभर्नका लागि मतदान गर्नुभयो त्यसै बेला यस पार्टी प्रतिको उनको मोहभंग भयो । उहाँलाई भियतनाम युद्ध मनै परेको थिएन । मलाई यो कुरा गोप्य राख्नका लागि उहाँले कसम खुवाउनुभएको थियो । लाग्छ अब त्यो समावधि सकिसकेको छ । अहिले मेनमा अधिकांश रिपब्लिकनहरू रातोभन्दा धेरै बैजनी छन् । त्यसैले सिनेटर सुसन कोलिन्स चिप्लिरहन्छिन् ।

तपाईंको लेखनमा देखिन सबै त्रासहरूको पछाडि मानवीय शालीनताप्रतिको श्रद्धाभाव देखिन्छ । यस अर्थमा तपाईं प्रायः सबै मानिस राम्रै छन् भन्ने विश्वास गर्नुहुन्छ भन्ने दर्साउँछ ।
हो, प्रायः व्यक्ति राम्रा छन् । धेरै व्यक्ति कसरी यो आतंकवादी हमलालाई बन्द गर्ने भन्नेमा चिन्तित छन्, न कि युद्ध सुरु गर्न । कुरा यत्ति हो कि उनीहरू समाचार बन्दैनन् ।

तपाईंको लेखन यात्राको सुरुआती दिनमा स्थापित साहित्यिक वर्गले तपाईंलाई कमसल हरर्रको व्यापार गर्ने तुच्छ व्यापारीको संज्ञा दिए । अहिले तपाईं सम्मानित राष्ट्रिय गहना हुनुहुन्छ । सम्मानित हुँदा कस्तो महसुस हुँदो रहेछ त ?
अर्ध–सम्मानित हुँदा राम्रै महसुस हुन्छ नि । मैले आफ्नो अधिकांश समय अत्यन्तै क्रूर समीक्षकहरूको कटुतालाई झेलें । त्यसो भन्न पाउँदा मलाई सुन्तुष्टि पनि मिल्छ । के त्यो भन्दा म खराब मान्छे हुन्छु ?

काल्पनिक साहित्य र विधागत साहित्यबीचको सीमारेखा धेरै नै धूमिल भइसकेको छ, त्यसको कारणले पो हो कि ? इतिहासमा जस्तो ठूलो/सानोबीचको भिन्नता पनि त छैन अहिले ।
खैर, मेरा लागि भने वस्तुगत रूपमा उच्च संस्कार र तल्लो तहबीच सीमा छ छ । उदाहरणका लागि रिगोलेट्टो, ला डोना ई मोबाइलको एरिया उच्च संस्कृति हो भने स्टोन्सले लेखेको सिम्प्याथी फर द डेभिल तल्लो हो । तर, दुवै राम्रा छन् । अब अरू आफैं पत्ता लगाउनुहोस् ।

तपाईंलाई ठूलो आवाजमा संगीत सुन्दै लेख्न मन पर्छ रे । के त्यसो गर्दा ध्यान भंग हुँदैन र ?
म अहिले फाइन यङ क्यानिबल्स सुनिरहेको छु । त्यसपछि ड्यानी एन्ड द जुनियर्स एन्ड द एनिमल्स । मलाई रक मन पर्छ– जति ठूलो त्यति राम्रो ।

के संगीतले तपाईंको किताबको भाषा र लयमा पनि केही असर गर्छ ? के एनिमल्स सुन्दै लेखेको भाग रामोनेस सुन्दै लेखेको भागभन्दा फरक हुन्छ ?
मैले सुनेको संगीतले कुनैसमय शब्द चयनमा केही असर गर्न सक्छ वा नयाँ लाइन पनि बन्न सक्छ । तर शैलीमा भने कुनै असर गर्दैन ।

तपाईं अचम्मसँगै धुरन्धर हुनुहुन्छ । उपन्यासको प्रारूप तयार गर्न र पुनर्लेखनमा वर्षौं बिताउने उपन्यासकारका बारे के भन्नुहुन्छ ? उनीहरूको मिहिनेतमा ईर्ष्या लाग्छ ? चिढचिढापन ?
केही लेखकले वर्षौं लगाउँछन् भने जेम्स प्याटरसनले हप्ता दिनमै पनि सकिदिन्छन् । हरेक लेखक फरक हुन्छन् । मलाई लाग्छ पहिलो ड्राफ्ट लेख्नका लागि ४ महिना जति लाग्छ । तर, त्यो त मेरा लागि हो । म मेरो कामलाई निकै गम्भीरतापूर्वक लिन्छु । म सकेसम्म त्यसमा डुब्न खोज्छु ।

के तपाईंले कहिल्यै आफ्नो गतिलाई कम गर्नेबारे सोच्नुभएको छ ?
जाने–बुझेरै बिस्तारै ? छैन । मैले लङह्यान्ड (ड्रिमक्याचर) लेखेको छु, तर त्यसलाई केलाउँदै, गम्भीर भएर थप पोलिस गरिनँ । त्यसरी हेरेर एक–एक गरेर केलाउन थाल्यो र निचर्न थाल्यो भने घाउ लाग्छ, निको हुँदैन ।

तपाईंका पात्रहरू कहिलेकाहीं तपाईंको टाउकोभित्र बोल्छन् र तिनीहरू वास्तविक संसारमा कहाँनिर धब्बा भए भनेर भन्छन् रे । त्यसो हो भने त काल्पनिक उपन्यास लेख्नु भनेको त मानसिक रोगको भाइ हो...
मलाई लाग्दैन लेख्नु भनेको मानसिक रोग हो । तर, जब म काम गरिरहेको हुन्छु र त्यो राम्रो भइरहेको हुन्छ, समय र वरपरको संसार हराउँछ ।

यदि यो नै तपाईंको वास्तविक मानसिकता हो भने यसलाई छोड्न त गाह्रो होला ? कहिल्यै तपाईंलाई आफैंले जन्माएर मृत्युसम्म पुर्‍याएका पात्रहरूले तर्साउन आएका छन् ?
कहिलेकाहीँ मिस्टर मर्सिडिजको होली गिब्ने र द आउटसाइडर फेरि आउने चाहना राख्छन् । तर तिनीहरू अपवाद मात्रै हुन् ।

तपाईंले लेखक पिटर स्ट्राउब (तालिस्मान र ब्ल्याक हाउस लेख्नका लागि) र आफ्ना छोराहरू ओवेन र जोसँग पनि सहकार्य गरेर किताब लेख्नुभएको छ । अन्य कुनै लेखक छन् जोसँग सहकार्य गर्न चाहनुहुन्छ ?
मलाई मेरा केटाहरूसँग सहकार्य गर्न मनपर्छ र पिटरसँग पनि । म उनीहरूसँग मिलेर फेरि पनि केही लेख्छु । यस्तै मलाई कोलसन ह्वाइटहेड, मिचेल रोबोथाम, लिनउड बार्क्ले, एलेक्स मारउड, टाना फ्रेन्चसँग पनि सहकार्य गर्न मन छ । तर समय नै छैन । गर्न पाए त रामइलो मिक्स हुन्थ्यो होला ।

अमेरिकी राष्ट्रपतिले यहाँ भएका सबै किताब जलाइदिन आदेश दिए भने तपाईं आफ्ना कुन तीनवटा उपन्यास सुरक्षित राख्न चाहनुहुन्छ ?
कुन किताब जोगाउन चाहन्छु ? कस्तो लाटोले सोध्ने प्रश्न गरेको । तर म उत्तर दिन्छु । लिसेज स्टोरी, द स्ट्यान्ड र मिजरी ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

मोरेसको अनौठो कथा

द गार्डियन

लन्डन — वेस्ली मोरेसको कथा पटक्कै सिधा छैन । एस्टन भिल्लाले उनलाई कीर्तिमान रकममा अनुबन्ध गरेको थियो । यिनै मोरेसले ९ वर्षको उमेरमा बुवालाई गुमाएका थिए । त्यसै कारण सामान्य कारखानामा काम गर्न बाध्य भए कलिलो उमेरमै । अहिले उनी लाखौं पाउन्डका स्ट्राइकर भएका छन् ।

त्यसबीच उनी १५ वर्षमै छोराका बुवा भए । त्यसको एक वर्षमा छोरी पनि भयो । वास्तवमै यी खेलाडीको जीवन खुबै उतारचढावपूर्ण छ ।

यी २२ वर्षीय खेलाडीले आफ्नो सपना पूरा गरिछाडे । उनीबारे सबैभन्दा उल्लेखनीय तथ्य के हो भने उनको एउटा खुट्टा अर्को खुट्टाभन्दा ३ सेन्टिमिटरले कम छ । ‘मोरेस जन्मेकै यसरी नै हो,’ हान्स कोरेट भन्छन् । उनले मोरेसको जीवनलाई निकै नजिकबाट नियाल्न अवसर पाएका छन्, किनभने उनी खेलाडीका ब्राजिली एजेन्ट पाउलो नेमीसँगै काम गर्छन् । ‘जति बेला नेमीले पहिलोपल्ट मोरेसलाई भेटे, उनलाई तुरुन्तै ब्राजिली टिमका चिकित्सककहाँ लगे,’ कोरेट सम्झन्छन् ।

मोरेसलाई जाँचेपछि चिकित्सकले घोषणा गरेछन्, ‘एउटा खुट्टा सानो भए पनि त्यसले केही समस्या हुने छैन ।’ ती चिकित्सकले त्यति बेला ब्राजिलका पुराना महान् खेलाडी गारिन्चालाई सम्झे । ब्राजिलका लागि विश्वकप जितेका गारिन्चाको खेल विशेष थियो र त्यो उत्कृष्ट थियो । उनको पनि एउटा खुट्टा अर्को खुट्टाको तुलनामा सानो थियो, ६ सेन्टिमिटरले । मोरेसले सबैभन्दा पहिले एउटा स्लोभानियाको क्लबबाट खेलेपछि, सन् २०१६ सम्म पुग्दा क्लब ब्रागसँग अनुबन्धित भए ।

त्यति बेला मोरेस १९ वर्षको ठिटो थिए । क्लबले सुरुमा उनको शारीरिक स्थितिबारे नै चिन्ता पोखेको थियो । तर खासै केही समस्या भएन । ब्रागले उनलाई अनुबन्ध गर्न उनको शारीरिक स्थितिलाई लिएर लामै अनुसन्धान पनि गरेको थियो । क्लबले त्यसबीचमा के अनुभव गर्‍यो भने यी खेलाडी मनले निकै राम्रा छन् । जीवनप्रति उनको दृष्टिकोण पनि सकारात्मक छ । विश्व फुटबललाई यस्ता खेलाडी पनि चाहिन्छ, यसले फुटबलमा माहौल बनाउँछ ।

मोरेसले सानैमा बुवा गुमाए । आफैं सानै उमेरमा बुवा भए । यसले उनको जीवनमा ठूलो प्रभाव पर्‍यो । सानोमा फुटसल खेलेका मोरेसले त्यसपछि युरोपतिर गए, ठूलो सपना बोकेर । एकपल्ट उनले एट्लेटिको म्याड्रिडको यू–१७ टिमसँग तीन महिनाको अनुबन्ध गरेका थिए । ब्रागसम्म आइपुग्दा उनी राम्रा खेलाडी भइसकेका थिए । सफल हुन राम्रा खेलाडी भएर मात्र पुग्दैन । उनले त्यहीं रहँदा फुटबलको धेरै पाठ सिके । जस्तो कस्तो र के खाने अनि कहिले कति सुत्ने, आदि इत्यादि ।

उनी ६ फिट ३ इन्ज अग्ला छन्, ९३ केजीका छन् । उनी विपक्षी खेलाडीमाथि प्रभुत्व जमाएर खेल्न रूचाउँछन् । उनको शरीरले विपक्षी खेलाडीमा डर उत्पन्न हुने गर्छ । ब्रागमा छँदा उनका साथी थिए, अर्का ब्राजिली खेलाडी क्लाउडेमेर । उनी मोरेसभन्दा १० वर्ष जेठो थिए । त्यसैले उनीबाट मोरेसले धेरै सिक्ने अवसर पाए । मोरेसका आमा पनि आफ्नो छोरालाई लिएर खुबै सहयोगी छिन् । ब्रागमा छँदा उनकी आमा समय–समयमा बेल्जियम पुग्थिन् ।

मोरेस आफैं पनि आफ्ना छोराछोरीका लागि राम्रो गर्न चाहन्छन् । यस्तो किनभन्दा गरिबीमा हुर्कंदा कति गाह्रो हुन्छ भनेर उनलाई राम्रोसँग थाहा छ । छोरा यान र छोरी मारियाका आमा पनि फरक–फरक हुन् । ती दुवै महिलासँग अब मोरेसको सम्बन्ध छैन । तर आफ्ना सन्तानसँग भने उनी नियमित सम्पर्कमा छन् । ती दुवै आमासँगै बस्छन् । उनका यस्तै कथा सुनेर एस्टन भिल्लाले २ करोड २० लाख पाउन्ड तिर्न पनि तयार भयो ।

– स्टुवार्ट जेम्स

प्रकाशित : श्रावण ९, २०७६ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्