१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘सुद्धी हराएको मान्छे रे’

कविता
भावना उपाध्याय

म घरबारविहीन मान्छे रेम बटुवा म सुद्धी हराएको मान्छे रे

भन्छन् सबैको हुन्छ बास थलो
उडी हिँड्ने पन्छी, घिस्रिएर हिाड्ने गँड्यौलो,
विष उगल्ने सर्प, लस्करै मिलेर हिाड्ने कमिलो
अनि, माटोमुनि बाटो पहिल्याउँदै फैलिने
त्यो बूढो रुखको जरो
छैन मेरो कुनै निश्चित थलो

म आफैंमा सानो घर बोकी हिँड्छु
आमा, बा र गुरूजनले सिकाएका
ज्ञानका कुरा लिई डुल्छु
कसैलाई केही नभनी, म
बोटबिरूवासाग बात गरी हिाड्छु
म घामको किरणमा शीतलता खोजी हिाड्छु
म सुद्धी हराएको मान्छे रे

आकाशसाग छानो पौचो लिादै
धर्तीलाई कुल्ची हिँडेकोमा क्षमा माग्दै
अनि, हावाको आभारी बन्दै
भागेराको चिरचिरमा रमाउँदै
हिाड्छु म यसै यताउति हेर्दै, भौंतारिँदै,
म सुद्धी हराएको मान्छे रे

मेरा आफन्त सबै घरमा बस्छन्
रमाउाछन्, खान्छन्, खेल्छन्, कमाउाछन्
म कहिले नमासिने हरियो दुबोमा विश्राम गर्छु
रातमा जूनकीरीका साथ नाच्छु,
फट्यांग्राको लयमा गुनगुनाउाछु
जूनको शीतलतामा नुहाउाछु
कहिले भने, ताराहरुमा
ती प्यारी आमालाई खोज्छु
म सुद्धी हराएको मान्छे रे

बिहानको मिर्मिरेसागै उठी
कर्कलोको पातमा अडिई, बास बसेको
वर्षाको पानीले आफ्नो तिर्खा मेटाउाछु
खोलाको तटमा गई सूर्य नमस्कार गर्छु
अनि खोली हिाडछु ती आफ्ना मुठी
खोज्दै त्यो अमूल्य बुटी
म सुद्धी हराएको मान्छे रे

घरै नहुनेको के र को हुन्छ साथ ?
कोहीसाग केही नमागी,
एकसरो वस्त्र ओढी
म भोकभोकै हिाड्छु
खाली खुट्टो, हिाड्छु
आफौमा हराई,
आफ्नो धुनमा हिाड्छु
आफूलाई खोज्दै हिँड्छु

म घरबारविहिन मान्छे रे
म बटुवा
म सुद्धी हराएको मान्छे रे

प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?