कविता : घरबाट निस्केपछि
घरबाट निस्कादा एक्लै थिएा निस्कने बित्तिकै बाटो,
मेरो साथी भयो
बाटोका धेरै साथी रहेनछन्
उसले सबैलाई चिनाउादै गयो
फूलहरु
नदीहरु
झर्नाहरु
खेत र खलिहानहरु
बगर
आकाश
घाम, जून र ताराहरु
अब मेरा पनि साथीभए
हिंडिरहादा
फूलहरुले सुवास हम्के
नदीहरुले गीत गाए
झर्नाहरुले नाच देखाए
खेत र खलिहानहरुले ऐश्वर्य पस्के
बगरले साहस दियो
घामले उज्यालो दियो
जूनमा शीतलता थियो
हिंडिरहादा
टिम्टिम् Û ताराहरु
आाखाभरि झल्मलाए
भोकाउनु के थियो
रुखले फल दियो
निधारको पसिना
बतासले पुछिरहृयो
घरबाट बाहिर निस्केपछि
बल्ल थाहा भो मलाई
म, एक्लो छैन
म, निर्बल छैन
म, निर्धन छैन
अहां ! कत्ति समृद्ध छ यो संसार
यो संसार मेरो हो
मभन्दा सम्पन्न कोही छैन
मभन्दा सुरक्षित कोही छैन
प्रतिक्रिया