२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पेड्रो ‘गोल्डेन लायन’

स्पेनी निर्देशक पेड्रो अल्माडेभोरलाई यस वर्ष भेनिस फिल्म फेस्टिभलले आफ्नो सर्वोच्च अवार्ड ‘गोल्डन लायन’ प्रदान गरेको छ  । बिहीबारबाट इटलीको भेनिस सहरमा सुरु भएको फेस्टिभलले पेड्रोलाई लाइफ टाइम एचिभमेन्ट अवार्डका रूपमा गोल्डन लायन प्रदान गरेको हो  ।

पेड्रो ‘गोल्डेन लायन’

१७ वर्षको उमेरमा फिल्म बनाउन भनी घर छोडेर पेड्रो राजधानी म्याड्रिड भागेका थिए । उनीसँग न पैसा थियो न कुनै जागिर ।

त्यसबेला स्पनेमा जनरल फ्रयान्कोको शासन थियो । स्पेनमा भएका फिल्म स्कुलहरू फ्र्यांकोले बन्द गरिदिएका थिए । उनले सुपर ८ एमएम क्यामेरा किन्नका लागि म्याड्रिडमा विभिन्न किसिमका काम गरे । तर, सफल भएनन् । १९७१ मा नेसनल टेलिफोन कम्पनीमा प्रशासन सहायकको जागिर पाएपछि बल्ल उनले यो क्यामेरा किन्न सकेका थिए । १२ वर्ष गरेको यही जागिरको समयमा नै आफूले स्पेनी मध्यमवर्गको नाडी छाप्न पाएको र आफ्ना फिल्मका कथाहरू पाएको उनले बताएका छन् ।

पेड्रोले निर्देशन गरेको फिल्म ‘अल अवाउट माई मदर’ ले १९९९ मा उत्कृष्ट विदेशी भाषाको ओस्कर पाएको थियो । यही फिल्मका लागि उनी क्यान्समा उत्कृष्ट निर्देशक चुनिएका थिए । यसको चार वर्षपछि आएको ‘टक टु हर’ ले उनलाई पटकथामा ओस्कर दिलाएको थियो ।

प्रकाशित : भाद्र १४, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?