भीडमा एक्लै हिाडिरहेको मान्छे

हरि अधिकारी

 भीडमा सबैसाग हातेमालो गरेझौ तर आफौसाग गुडुल्किएर नितान्त एक्लै हिाडिरहेको, असजिलो लाग्ने हदसम्मको वाणीहीन त्यो मान्छेका बारेमा कसैले पनि विश्वासका साथ भन्न सक्दैन ऊ त्यो भीडको हिस्सा हो कि होइन ?

ZenTravel

ऊ त्यो भीडको अविभाज्य हिस्सा हो भने
यहाानेर एउटा प्रश्न उठ्न सक्छ
त्यति धेरै मान्छेहरुका बीचमा पनि ऊ किन एक्लो देखिन्छ?
ऊ भीडको हिस्सा होइन भने पनि
यहाानेर त्यत्तिकै जायज एउटा अर्को प्रश्न उठ्न सक्छ
ऊ ती परिचितजस्ता लाग्ने परचक्रीहरुका कदममा कदम मिलाएर,
अरू कसैका लागि निर्धारण गरिएको,
दकस लाग्ने किसिमले अस्पष्ट, बिरानो र मायावी गन्तव्यको
धमिलो मार्गचित्र बोकेर आफ्ना कमजोर आाखामा
किन चुपचाप टाउको निहुराएर हिाडिरहेको छ?

उसलाई थाहा छ कि छैन भन्न सकिादैन उसागसागै
उसको आफ्नो भागमा एक बित्ता पनि नपर्ने
फराकिला र चिल्ला सडकहरु पनि एक सुरमा हिाडिरहेका छन्,
उसले नदेखेको कुनै अर्कै दुनियााबाट आएका जस्ता देखिने
भीषण किसिमले सुन्दर स्त्रीहरु सवार भएका
अजंगका मोटरकारहरु पनि
उसको गति र लयलाई पछ्यााउादै दगुरिरहेका छन्,
उसलाई स्वागत गर्नझौ
उसको यात्रापथमा छेउ लागेर उभिएका छन्
मूलढोकामा अभेद्य विद्युतीय ताल्चा लागेका
उसका लागि कहिल्यै नखुल्ने
गगनचुम्बी सिसमहलहरु,
उसले टाढाबाट देखिरहेका तर
यस जुनीमा कहिल्यै चढ्न नपाउने विशाल यानहरु
र उसले एक पटक पनि प्रवेश नै नगरी भत्किएर जाने
विश्वविद्यालयको विशाल परिसर पनि,

Meroghar

उसको बारेमा एक शब्द पनि कहिल्यै नलेख्ने
अखबारका मालिक, सम्पादक र समाचारदाताहरु,
उसलाई चिन्दै नचिनी उसका बारेमा
शब्दहरुको बिस्कुन हाल्ने कवि लेखक र तिनका पाठकहरु,
उसको नाममा राजनीतिको रोटी सेक्ने दल र तिनका नेताहरु,
सहरका नाका नाकामा ठडिएका विशाल बिलबोर्डहरुमा उभिएर
कामूक नजरले हेर्दै उसलाई हर्दम जिस्क्याइरहने
भरिपूर्ण छाती भएका तरूण मोडलहरु,
उसले कहिल्यै सेवा लिनु नपर्ने एटीएम मेसिनका काउन्टरहरु,
र उसलाई थाहै नदिई राज्यले धेरै पहिले नै
उसकै लागि खोलेका सुविधा र सहायता केन्द्रहरु,

यी सबै सबै
भीडमा भएर पनि एक्लै चुपचाप हिाडिरहेको
त्यो मान्छेको निरूद्देश्य र संगतिहीन यात्रामा
ऊ सागसागै हिाडिरहेका थिए
तर थिए छुट्टाछुट्टै र ऊ जस्तै प्रत्येक जना आफैंमा गुडुल्किएका।

प्रकाशित : श्रावण ३२, २०७६ १०:१८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आफ्नै कठघरामा उभिएर

धेरै लायक मानिसले भरिएको यस दुनियाँमा रहेका केही नालायक मानिसमध्ये एक हुँ म । यो मेरो साबिती बयान भने होइन । दुनियाँले बडो बुद्धिमत्तापूर्ण यत्न गरेर पत्तो लगाएको र प्रमाणित गर्न खोजेको कुरा सबैको सामु राखिदिएको मात्र हुँ मैले ।
हरि अधिकारी

 डेढ वर्ष भयो म अमेरिकामा छोरा अभिनवको आश्रयमा बसिरहेको छु  । सतसट्ठी वर्षको बूढो शरीर लिएर यस पराई देशमा यसरी म किन ढुक्कैसँग बसिरहेको छु त ? भन्ने प्रश्न कसैले सोध्यो भने त्यसको आत्मविश्वासपूर्ण उत्तर दिन भने म सायद सक्दिनँ ।

बिनाकुनै उद्देश्य र योजना छोरा अभिनवको नर्दन भर्जिनियास्थित एउटा आवासीय क्षेत्रको दुईकोठे अपार्टमेन्टको ९ सय ५० वर्गफिटको साँघुरो परिधिमा खुम्चिएर दिन काटिरहेको मलाई यस प्रश्नको उत्तर के हुन सक्छ, वास्तवमै थाहा छैन ।


नढाँटी भन्ने हो भने मैले आफ्नो यसपटकको लामो अमेरिका बसाइको अर्थ र औचित्यका बारेमा घोरिने चेष्टा नै पनि गरेको छैन । अहिले मनमा अनेक कुराहरू छड्किन थालेका बेलामा ‘म यहाँ किन आएँ र किन यति लामो समयसम्म बसिरहेको छु’ भन्ने विषयमा आफैँसँग विमर्श गर्न खोजिरहेको छु ।स्वयम् र आफूमा आश्रितहरूका लागि एक मुट्ठी सम्मानजनक जिन्दगीको जोहो गर्न आजीवन हड्डीतोड परिश्रम गर्दै आएको अक्षरजीवी निम्नमध्यम वर्गीय श्रमिक हुँ म । सच्चा श्रमजीवी जनतासँग कहिल्यै पनि मित्रवत् हुन नसकेको मेरो समाज र व्यवस्थाले मिलेर मलाई थला पर्ने गरी थकाएका छन् । त्यसैले त्यो थकाइ मेट्न मात्र नै भए पनि त्यहाँबाट भाग्ने अठोट गरेको हुनुपर्दछ मैले ।


आफ्नो वरिपरि सधैँ देखिने बासी अनुहारहरू र तिनका आत्मकेन्द्रित गुनासा गथासाहरूले मलाई वाक्कदिक्क पारेका छन् । ती जुगुप्सामय चेहराहरूलाई अरू बढी बेहोर्ने आँट बाँकी नरहेर पनि मैले त्यो फोहोरको विश्व राजधानीबाट टाप कसेको हुनुपर्छ ।
जनहितमा सिन्को नभाँच्ने तर तीनै लोक र चौध भुवनको गफ चुट्दै उखानटुक्का हालेर जगहँसाइ गरिरहेका संसदीय बहुमतका हिसाबले समसामयिक नेपालको इतिहासकै शक्तिशाली प्रधानमन्त्री केपी ओली अब असह्य भइसकेका छन् । तिनले प्रत्येक दिन देखाउने राजनीतिक प्रहसन लगातार हेरिरहने साहस जुटाउन नसकेकाले पनि म पाताल भास्सिएको हुनुपर्छ । यिनै कुराहरूले मलाई छिट्टै नेपाल फर्कनबाट पनि रोकेका छन् ।


मेरो यसपटकको अमेरिका प्रवासबाहेक पनि मेरो जीवन यात्रासँग सम्बन्धित धेरै विषय र घटनाहरू प्रश्नको घेरामा छन् तर तिनको उत्तर दिने कोसिस मैले गरेको छैन । वास्तवमा ठाडो उकाली–ओराली र कठिन खोँच अनि जङ्घारबाट गुज्रिएको मेरो सकसपूर्ण जीवन यात्राका क्रममा मैले स्वैच्छाले रोजेका बाङ्गाटिङ्गा, गज्याङ्मज्याङ बाटाहरूलाई लिएर सोधिने कतिपय प्रश्नहरूको चित्तबुझ्दो उत्तर मसँग छैन । त्यसैले यस्ता प्रश्नहरूसँग मुखातिब हुनुपर्दा म प्रायःजसो यस्तै निरुत्तर स्थितिमा फसेको हुन्छु । अप्ठ्यारा प्रश्नहरूको कठघरामा उभिन परेको बेलामा मैले बाटो बिराएको हुस्सु पथिकको जस्तो अनुहार लगाएर फिस्स फिस्स हाँस्दै मानिसहरूका जिज्ञासु नजरको दंशलाई छल्ने प्रयत्न पनि गरेको छु । मेरो समाजको चरित्र यति भयानक रूपले परनिन्दक र परद्वैषी छ म जति नै मन नपरे पनि आफ्नाबारेमा केही न केही स्पष्टीकरण नदिई आरामसँग निदाउन सक्दिनँ ।


मेरा निकट परिजन, अलि टाढाका भए पनि आफन्त पर्ने वा कार्यव्यापारका सिलसिलामा मसँग प्रायः ठोक्किइरहने मानिसहरू अति नै मुस्मुन्द्रे छन् र ज्याद्रा पनि छन् । उनीहरू मेरै मुखबाट मेराबारेमा कुरा सुनेर मलाई खः नपारी त्यसै छोड्ने पक्षमा छैनन् । उनीहरूलाई मेरोबारेमा सायद म आफैँलाई भन्दा पनि बढी चिन्ता र सरोकार छ । उनीहरू काँचको सानो पर्दाको दुनियाँमा तहल्का मच्चाउन सफल यस समयको जब्बर नेपाली टीभी कार्यक्रम प्रस्तोता ऋषि धमलाका ‘जनता’ जस्तै छन् जो मेरोबारेमा बढीभन्दा बढी ‘जान्न’ चाहन्छन् । उनीहरूको जिज्ञासाको कुनै सीमा छैन, त्यसैले कुनै सरोकार नै नपर्ने मेरा नितान्त निजी निर्णयहरूका बारेमा पनि पूर्ण रूपमा सुसूचित हुन चाहन्छन् । सुसूचित हुने हुट्हुटीले हुरुक्क भएका उनीहरू आफ्नो सरोकार नपर्ने तीन न तेर्‍हका विषयहरूका बारेमा मलाई बारम्बार अप्ठ्यारा प्रश्नहरू सोधेर मेरो हुर्मत लिन खोजिरहेका हुन्छन् । रमाइलो त के छ भने उनीहरूले जान्न चाहेका कतिपय विषयहरूका बारेमा म कर्ता र भोक्ता स्वयम्ले चाहिँ भुसुक्कै बिर्सिसकेको हुन्छु ।


धेरै लायक मानिसले भरिएको यस दुनियाँमा रहेका केही नालायक मानिसमध्ये एक हुँ म । यो मेरो साबिती बयान भने होइन । दुनियाँले बडो बुद्धिमत्तापूर्ण यत्न गरेर पत्तो लगाएको र प्रमाणित गर्न खोजेको कुरा सबैको सामु राखिदिएको मात्र हुँ मैले । मैले जीवनमा लिएका केही महत्त्वपूर्ण फैसलाहरू मेरो मूर्खताको प्रकटीकरण मात्र थिए भन्ने कुरामा मेरी पत्नी र मबाहेक सबै जना पूर्णरूपेण विश्वस्त छन् । दुनियाँले आफ्नाबारेमा निकालेको निष्कर्ष र त्यसलाई लिएर व्यक्त गरिएको आत्मविश्वासलाई देखेर कहिलेकाहीँ मेरो स्वयम्प्रतिको भरोसा पनि धर्मर धर्मर हुन थाल्छ । त्यतिबेला अतीततिर फर्केर आत्मवीक्षण गर्ने प्रयत्न गर्दछु । कुनै अज्ञात शक्तिशाली तत्त्वको प्रभावले हुनुपर्छ, मलाई आफूले गरेका नालायकीहरूप्रति पछुतो भने पटक्कै लाग्दैन । म आफ्नै मसानको खरानीबाट बारम्बार ब्युँतिने फिनिक्स चरोझैँ धर्मराउँदै उठ्छु र पूरै तेजतापका साथ फेरि एकपल्ट दुनियाँसँग मुखातिब हुन्छु ।


राष्ट्रिय जनमतसंग्रह २०३७ का अवसरमा मसँग सारा दुनियाँले बहुदलको पक्ष किन लिएको भन्ने प्रश्न गरेको थियो । सरकारी सेवामा जिम्मेवार तहको कर्मचारी थिएँ, सिंहदरबारले प्रस्टीकरण माग्ने नै भयो । पिताजी निर्दल पक्षको नेता हुनुहुन्थ्यो, उहाँले किन बहुदलको पक्षमा लागेको भनेर प्रश्न त गर्नुभएन तर मेरो पक्षधरताप्रति अप्रसन्नता भने व्यक्त गर्नुभयो । बहुदलको कित्तामा उभिएपछि मेरो वृत्तिविकासको ढोका सधैँका लागि बन्द भयो र केही समयपछि मैले बाध्यात्मक स्थितिमा सरकारी जागिरबाट राजीनामा गर्नुपर्‍यो । यस विषयमा कहिल्यै कुनै स्पष्टीकरण नदिएको म आज खुलस्त भन्छु ः मानवीय स्वतन्त्रता, लोकतन्त्र र आधारभूत मौलिक अधिकारमा विश्वास गर्ने मजस्तो लोकतन्त्रवादी लेखकका लागि राष्ट्रिय जनमतसंग्रहमा बहुदलको पक्षमा काम गर्नुबाहेक अर्को कुनै विकल्प थिएन । मैले पाएको राजनीतिक दीक्षाले आफ्नो आस्थाका लागि सरकारी अधिकृतको नोकरीसम्म त्याग गर्ने साहस ममा पैदा गरिदिएको थियो ।


मसँग मेरो समाजले समय समयमा अरू पनि धेरै प्रश्नहरू गर्दै आएको छ । प्रश्नहरूले अहिले पनि मेरो पीछा छोडेका छैनन् । एकपटक स्थायी सरकारी जागिर छोडेको मैले त्यसपछि खाएका अनगन्ती अस्थायी प्रकृतिका जागिरहरू पनि तिनमा काम गर्न सुरु गरेका बेलामा सोचेजति समय बिरलै पूरा गर्न सकेको छु । यसलाई लिएर मानिसहरू मलाई सोध्छन् किन घरीघरी जागिर छोडेको ? उनीहरू मैले जागिर छोडेको देख्छन् र मसँग प्रश्न गर्छन् तर मलाई रोजगारी दिनेले आफूले पूरा गर्नुपर्ने दायित्व पूरा नगरेर मलाई जागिर छोड्न बाध्य बनाएको कुराको पत्तै पाउँदैनन् । आप्का हाउस भन्ने भारतीय संस्थाले अन्नपूर्ण पोस्ट पत्रिका सञ्चालन गर्ने ताका त्यसका लागि आफ्नो छवि प्रयोग गरेर सम्पूर्ण जनशक्ति व्यवस्थापन गरेको हो मैले । तर पत्रिका सुचारु चल्न थालेपछि उनीहरूले मलाई त्यहाँबाट छोडेर गइदिए हुन्थ्योजस्तो गरे । उनीहरूको मनसाय बुझेर म पनि सर्लक्क पन्छिदिएँ ।


विसं २०४८ सालपछि बीचबीचमा म ५ जना महानुभावहरूको सल्लाहकार बनेँ । नेपालका सन्दर्भमा सबैभन्दा बेकम्मा पद सल्लाहकारको हो भन्ने अनुभव त्यतिबेलै भएको हो । नेपालमा सल्लाहकारहरूसँग प्रायः सल्लाह लिइँदैन । म अलि अप्ठ्यारो मान्छे हुँ कि कसो ? सञ्चारमन्त्री चिरञ्जीवी वाग्लेको सल्लाहकार हुँदा धेरैपटक उनलाई नमाग्दा पनि सल्लाह दिएरै छोडेको थिएँ । वाग्लेसँग आत्मीय सम्बन्ध भएकाले मात्र मैले बीचैमा त्यो जागिर छोडेर हिँड्नु नपरेको हो जस्तो लाग्छ अहिले सम्झँदा । दुईपटक त मलाई नियुक्त गर्नेहरू नै बीचैमा कुर्सीबाट हटेकाले पूरा अवधि काम गर्न पाइनँ । मैले सल्लाहकारका रूपमा त्रिभुवन विश्वविद्यालयका सफल उपकुलपति केदारभक्त माथेमासँग पनि काम गर्ने अवसर पाएको थिएँ । मैले पाएको माथेमा सरको त्यो सान्निध्यलाई मेरो जीवनकै अमूल्य निधि मानेको छु ।


मैले बारम्बार सामना गर्दै आएका केही अरू प्रश्न पनि छन् । नेपाली कांग्रेस पार्टीभित्रको एउटा समूह अहिले पनि बडो रोषयुक्त मुद्रामा मसँग सोध्ने गर्छ, ‘तपाईंले गिरिजाप्रसाद कोइरालाको किन यति धेरै विरोध गरेको ?’ त्यही पार्टीको अर्को समूहचाहिँ ‘तपाईंले शेरबहादुर देउवाको साथ किन छोडेको ?’ भनेर मुन्टो बटार्छ । एकथरी पुरातनपन्थीहरू ‘तपाईंले माधवप्रसाद घिमिरेलाई राष्ट्रकवि मान्न किन इन्कार गरेको ?’ भनेर मसँग आक्रोश पोख्छन् । सत्यमोहन जोशीलाई पहिला नरेन्द्रराज प्रसाईंले दिएर पछि राज्यले लालमोहर लगाएको ‘शताब्दी वाङ्मय पुरुष’ भन्ने मानपदवीलाई तपाईंले किन हाँसोमा उडाएको ? भनेर मसँग चित्त दुखाउनेहरू पनि धेरै छन् ।


यी सबै प्रश्नहरूको दफावार उत्तर दिनुपर्दा–
१. गिरिजाप्रसाद कोइरालाले जनआन्दोलन २०४६ पछिको पूर्ण जनादेशप्राप्त सरकार चलाउने ऐतिहासिक अवसर पाएका बेलामा देशमा लोकतान्त्रिक संस्कारमा आधारित सुशासनको जग बसाल्नुपर्नेमा त्यसको विपरीत पार्टीको एउटा गुटविशेषप्रति कृपालु भ्रष्ट प्रशासनको परम्परा सुरु गरेकाले,
२. शेरबहादुर देउवाले सत्ताखोर भुइँफुट्टाहरूको एउटा जमात खडा गरी लोकतन्त्रको मियोका रूपमा रहेको नेपाली कांग्रेस पार्टीलाई निजी स्वार्थ पूरा गर्ने एउटा साधनमा परिणत गरिदिएकाले,
३. राष्ट्रका समस्त जनताको मानवीय स्वतन्त्रता र राजनीतिक उन्मुक्तिको चाहनाको सदैव विरोधी रहेका माधवप्रसाद घिमिरे ‘राष्ट्रकवि’ को उपाधिका लागि योग्य नभएकाले र,
४. सामान्य रूपले प्रतिभाशाली, मध्यमकोटीका लेखक र अनुसन्धानकर्ता सत्यमोहन जोशीलाई शताब्दी वाङ्मय पुरुष भन्नु त्यो गरिमामय पदवीकै अवमूल्यन हुने हुनाले मैले सत्तामा पहुँच भएका बलिया–बांगाहरूले जोरजबर्दस्तीका साथ बनाएका यी चार आइकनलाई पूरै खारेज गरिदिएको हुँ ।
माधवप्रसाद घिमिरे र सत्यमोहन जोशीलाई लिएर विगत केही वर्षदेखि जुन प्रकारको भद्दा तमासा देखाइरहको छ, त्यसले मेरो हृदयमा गहिरो घृणा पैदा गरेको छ भन्ने पनि म रेकर्डमा राख्न चाहन्छु ।

प्रकाशित : श्रावण ४, २०७६ १०:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×