१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मानुषी

पारिजात

तिमी जति गर्न सक्छौत्यति म पनि गर्न सक्छुतिमी जत्तिकै पाखुरी बजार्न सक्छुपसिना बगाउन सक्छुतिम्रा सबै अनुभूतिहरुमेरा पनि अनुभूतितर इतिहासले आजकहाा ल्याएर पछार्‍यो कुन्नि मलाईतिमी त मभन्दा कोसौं अघि गइसकेछौ  ।

मानुषी

तिमी र म एउटै होइनौं
एक–अर्काका पूरक मात्र हौं
त्यसैले
तिमी मेरा थुप्रै
अनुभूतिहरुका
भागीदार हुन सक्दैनौं
म तिम्रो मृत देहसँग
जिउँदै मर्न सक्छु
म तिमीहरुको
सामूहिक बलात्कार
खपेर बाँच्न सक्छु

तिमीलाई त
त्यसो कहिल्यै भएन,
तिमीले
रजस्वलाको कष्टप्रद
क्षण भोगेका छैनौं
तिमीलाई आफ्नो अस्मिताको
जोखिम उठाउनु पर्दैन
तिमीलाई गर्भधारणको
अतिशय
पट्यारलाग्दो अवधि थाहा छैन

तिमीलाई प्रसवकालको
सीमातीत
कष्ट भोग्नु पर्दैन

हो, म तिमीबिना
आमा बन्न सक्दिनँ
तर मैले तिमीलाई
बाबु बन्ने श्रेय
दिएकी छु ।

तिमी मेरो उत्पीडन बुझ्दैनौ
म तिम्रो उत्पीडन बुझ्छु

आऊ आज हामी
उत्पीडनहरु साटासाट गरौं
हामी मानसिकताले एकाकार हौं
हामी एक–अर्काबिना
बाँच्न सक्ने
प्राणी होइनौं

म तिम्रो हात दह्रो गरी समाउँछु
तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुर्‍याऊ

त्यहाँ, जहाँ तिमीलाई
मैले
सभ्यताको आदिकालमा
पुर्‍याइसकेकी थिएँ ।

प्रकाशित : असार १४, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?