कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जब कालो झन्डा बन्नेछ मछिन्द्रनाथको भोटो

सुरेश किरण

कानुनी राज भएको देशमाहरेक काम कानुनी हुन्छचाहे त्यो तिम्रोसम्पत्ति नै लुट्ने काम किन नहोस् !हो, अब नयाँ कानुन आएपछितिम्रो घर फोड्ने काम वैध हुनेछतिम्रो जग्गा लुट्ने काम वैध हुनेछअवैध हुनेछ त केवल आफ्नै सम्पत्ति बचाउने तिम्रा प्रयासहरु मात्र  । पानीका देवता हुन् रातो मछिन्द्रनाथकानुन आएपछिपानी दिने मछिन्द्रनाथको काम पनि अवैध हुनेछअब पानी मछिन्द्रनाथले होइनसरकारले नै दिनेछदमकलको फोहरा मार्फत  ।

जब कालो झन्डा बन्नेछ मछिन्द्रनाथको भोटो

कानुन आएपछि –
मछिन्द्रनाथको भोटो पनि सुरक्षित रहने छैन
मछिन्द्रनाथको भोटोमा जडित
एक एक हीरा थुती लान
एक एक मोती लुटी लान
अब कुनै लुटेरा आउनुपर्ने छैन
कुनै डाँकु पनि आउनुपर्ने छैन
बस्, एउटा कानुन आए पुग्नेछ ।
तर यो नबिर्स –
मछिन्द्रनाथको भोटोमा जडित
हीरा र मोती
एक एक गरी
जब सबै झरिजानेछ
तब त्यो भोटो
भोटो रहने छैन
त्यो बन्न जानेछ झन्डा आकारको एक टुक्रा कालो कपडा
जो हरेक वर्ष हेर्न बाध्य हुनेछन्
यो राष्ट्रका प्रमुखहरु ।

प्रकाशित : असार ७, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?