उपभोक्ता

रमेश सायन

त्यो पुरुष उपभोक्ता जो उधारो सामान बेच्ने टोलको किराना साहुलाइ बिहानै बिहानै ढोग्छ र उधारो रासन लिन्छ

बजारको कफि साहुलाइ ढोग्छ
नगद तिर्छ !
एक कप तातो तातो कफि पिउाछ ।

कपडा पसल छिर्छ
कपडा साहुको बिश्वासमा पर्छ
आफुलाइ पटक्कै नसुहाउने रंगको कोट किन्छ ।

कहिलेकाहीा गहना पसल छिर्छ
साहुजीको पैतला सम्मै झुक्छ !
मुल्य सोध्छ
र खल्ति छाम्छ !
सााझ तिर
बेश्यालय जान्छ
सिथिल मुस्कानमा उभ्भि रहेकी यौन सुन्दरीलाइ
घृणाले हेर्छ
अपमान गर्छ
वालेटको एक कुनाबाट मुल्यमा दलाली गर्छ
अन्त्यमा न्युनतम मूल्य तिर्छ
र चरम आनन्द किन्छ ।

मूर्ख उपभोक्ता !
अन्त कतै घृणा गर्न सक्दैन
अरु कसैलाई अपमान गर्न सक्दैन
आफ्नै आनन्दलाइ घृणा गर्छ /अपमान गर्छ ।

नोट :
मेरो ऐनामा बारम्बार यही उपभोक्ता देख्खिरहन्छ !
धन्यवाद !

प्रकाशित : वैशाख २१, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?