३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मुस्कुराएकै थिएा

कान्तिपुर संवाददाता

काठमाडौँ — हाासेर, नाचेर मनको व्याथा लुकाएकै थिएा
बेजान मुटुको ढुकढुकीले ज्यान चलाएकै थिएा
मनमा छिरेर मुटु चिरेर गयौ, चुप लगाएकै थिएा
आज मौसम भकानिएको देखेर पो आाखा रसाए
नत्र त्यही परिस्थितिमा मन छ, मुस्कुराएकै थिएा.

रित्तिए सुन खानी,
रित्तिन्न माया कसम खाएकै थिएा
बाबाकी राजकुमारी, नारणको सेवामा रमाएकै थिएा
जोरी खोज्थे बैगुनी Û अवगुण सारा अपनाएकै थिएा
त्यो पैतालाले फूल किचेको देखेर पो आाखा रसाए
नत्र भावना थिचिए, सपना मिचिए, मुस्कुराएकै थिएा ।

प्रियसी भए, पिर सहें, घरसंसार चलाएकै थिएा
बाबाको शान, दाजुभाइको मान जोगाएकै थिएा
प्यारी भाउजू, ज्ञानी बुहारी, सन्तान हुर्काएकै थिएा
जानकी धर्तीभित्र लुकेको रे सुनेर पो आाखा रसाए
नारी स्वाधीनतामा
हस्तक्षेप माफ छ,
मुस्कुराएकै थिएा ।

सुर न तालको गान आनन्दी मनले गाएकै थिएा
किन कुन्नि भलाद्मीका समाजदेखि डराएकै थिएा
वाचा कसम, सिन्दूरको साटो लाज टक्र्याएकै थिएा
हिमपातमा न्यानो काख सम्झेर पो आाखा रसाए
सिन्दूर, पोते, लाली गुमाएर पनि मुस्कुराएकै थिएा ।

प्रकाशित : फाल्गुन ११, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?