हिउँतिर स्वयम्भूका आँखा

केशव थापा

काठमाडौँ — हुस्सु र तुवाँलोले भरिएको काठमाडौं सहरमा यो साता एकाएक बदली भयो ।

हिउँतिर स्वयम्भूका आँखा

उपत्यकाको मौसमलाई तीन दिनसम्म परेको हल्का वर्षा र हिमपातले अलौकिक बनाइदियो । यति मात्रै होइन, वरपरका डाँडापाखा पनि सेताम्मे बने । आनन्दलाग्दो कुरा यो थियो कि स्वयम्भूका जोर आँखा पनि सामुमा टल्केको हिउँ नियालिरहेको मुद्रामा देखिन्थे । कालापत्थरझैं लाग्ने उपत्यका वरपरको पहाड एक्कासि सेताम्य बन्यो, चारैतिर छायो उज्यालो । काठमाडौं उपत्यका नजिकै फूलचोकी, चन्द्रागिरी, शिवपुरी, नागार्जुन, कपन गुम्बा, बूढानीलकण्ठ आसपासका पहाडमा पनि राम्रैसँग हिउँ पर्‍यो । गत शनिबार दिउँसोबाट जब घाम उज्यालियो, उपत्यकालाई झनै मोहित पार्ने गरी वरपरका हिमशृंखला छ्याङ्गै खुले । विज्ञका अनुसार, अझ स्वयम्भू स्तूपबाट देखिएको लाङटाङ शृंखला एक दशकपछि यसरी हिउँले भरिएको हो । यो मोहक दृश्य कैद गर्न क्यामेरा–लेन्स धेरै पटक घुमाउनुपरेको थियो । बेलाबेला हिउँ छोप्न आउने बादलले दृश्य रोक्न खोजिरहे पनि यो सुन्दर दृश्य कैद गर्न मैले पनि ढिपी छाडिनँ, निकैबेर यत्न गरिरहें । आँखैसामु हिउँ हेरिरहें, सौन्दर्यको तस्बिर खिचिरहें ।

प्रकाशित : फाल्गुन ४, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?