१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

विज्ञापनमा बेहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — कोसेलीको माघ २६ अंकमा प्रकाशित ‘विज्ञापनको श्रवण यात्रा’ लेखले हामी पुरानाहरूलाई उनै दिनमा फर्काएर लग्यो ।

विज्ञापनमा बेहाल
लेख निकै राम्रो छ । अझ, अहिले एफएम रेडियो वा टीभीमा आउने विज्ञापनको भाषाको अशुद्धिबारेमा कुरा गरिसक्नु छैन । ‘ऐन’ लेखिने शब्दको उच्चारण ‘एन’, ‘विद्यालय’ लेखिने शब्दको उच्चारण ‘विध्यालय’, ‘उद्योग’ लाई ‘उध्योग’ आदि हुन्छन् । स्त्रीलिंगी विभक्ति कतै आउादैन, पूरै पुलिंगी विभक्ति प्रयोग गरिएको हुन्छ । जस्तै : मेरो छोरी, मेरो आमा, मेरो श्रीमती आदि (श्रीमती शब्दको सही अर्थ भने पत्नी भन्ने होइन तापनि व्यापक रूपमा चल्ने गरेको छ ।) नेतृ भनिएकाहरूले बोल्दा ‘मैले यसो गरेकी छु’ नभनेर ‘मैले यसो गरेको छु’ जस्तो प्रयोग गर्छन् । समाजका अगुवा मानिनेहरूले प्रयोग गरेको अशुद्ध प्रयोगलाई खासगरी सहरी क्षेत्रकाले एवम् शिक्षितले पछ्याउने गरेका र यो रोग गाउातिर सरिराखेको छ । विद्यालयमा व्याकरण त सिकाइन्छ तर, परिणाम भने फरक आउाछ । हाम्रो पाठ्यक्रम बनाउने ठाउाहरूमा विशेषज्ञका रूपमा धर्मान्तरणको उद्देश्य राख्ने संस्थाका मानिसले केही पहिलासम्म निकै लामो अवधि रहने गरेका थिए । ती विज्ञ भनिएकाको भूमिकाले हो वा कसो हो, हाम्रा विद्यार्थीले नेपालीका स्वर तथा व्यञ्जन वर्णहरू राम्रोसाग पढ्न सक्दैनन् । यसको परिणाम संस्कृतका कुनै कुरा पढ्नै सक्दैनन् । यस प्रकारबाट हाम्रो धर्म–संस्कृतिमाथि मात्र नभएर नेपाली भाषाको अस्तित्व मेटाउने खालको काम हुन थालेको छ । यसैगरी अर्को लेख ठालूहरूले गर्ने र सञ्चार माध्मले गर्ने अशुद्ध प्रयोगका बारेमा पनि आउने आशा राख्छु । अहिलेसम्म पनि सच्याउने समय घर्केको छैन ।
—गंगा ढकाल
काठमाडौं
(कान्तिपुर अनलाइनबाट)

प्रकाशित : फाल्गुन ४, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?