कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कालिन्चोक : ३६० डिग्री

काठमाडौँ — दोलखा जिल्लाको कालिन्चोक भगवती घुमन्तेहरूका लागि एउटा आकर्षक गन्तव्य हुँदै छ ।

कालिन्चोक : ३६० डिग्री

३८४२ मिटरको उचाइमा अवस्थित यो ठाउँ अतुलनीय दृश्यको संगम हो । गौरीशंकरदेखि नुम्बुर हिमशृंखलासम्म र जुगल हिमाल आँखाअगाडि नाचिरहन्छ । उत्तरतर्फ हिमाली शृंखला र बाँकी तीनतिर पहाडका तरेली देख्दा आँखा झिम्क्याउन पनि भुलिन्छ ।

डाँडाको टुप्पोमा अवस्थित कालिन्चोक भगवती मन्दिरमा एउटा सानो जलकुण्ड छ, यसमा जल कहाँबाट भरिन्छ, कसैले भन्न सक्दैन । यो कुण्डमा बाह्रै महिना जल भरिएको हुन्छ । धार्मिक आस्था र प्राकृतिक छटाका कारणले पनि यहाँ पुग्नेहरूको संख्या दिनहुँ बढिरहेको छ ।


कालिन्चोकबाट मौसम खुला हुँदा सुन्दर दृश्य देखिनु कुनै नौलो कुरा भएन । तर, यहाँबाट बादल लाग्दा पनि रोमाञ्चित बनाउने दृश्य देख्न पाइन्छ । बादल लागेका बेला कालिन्चोक टुप्पोमा पुग्नुभयो भने जोकोहीलाई हवाइजहाज चढेजस्तो लाग्छ ।


तपाईँमाथि बादल, तल पनि बादल । बादलमाथि हिँडेजस्तो लाग्छ । शब्दको त कुरै छाडिदिऊँ— तस्बिरले पनि सबै बयान गर्न मुस्किल पर्छ । बादलले ढाकेका बेला खिचेका यी तस्बिरले तपाईँलाई पक्कै पनि रोमाञ्चित बनाउनेछ ।


प्रकाशित : माघ १२, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?