१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दलिनको कस  

कविता
श्रीधर पौडेल

काठमाडौँ — युरोप गएको छोरो
चिसो हिउाको फोटो ट्याग गर्छ आमालाई
कार्डको चक्करमा वर्षौअघि काख छाडेर
अघिल्लो महिना झुलुक्क एक साताका लागि फर्कंदा

युरोप गएको छोरो

चिसो हिउाको फोटो ट्याग गर्छ आमालाई

कार्डको चक्करमा वर्षौअघि काख छाडेर

अघिल्लो महिना झुलुक्क एक साताका लागि फर्कंदा

उसैले खोलिदिएको फेसबुक एकाउन्टमा

आमा हेर्छिन् त्यही फोटो

र,

मध्यपुसको एक सााझ

अगेनाको रसेटो छेउमा

चिसो मन लिएर आाखा चिम्म पार्दै

तप्प चुहाउाछिन्

दुई थोपा आासु

भरभराउादो कोइलामा परेर

झ्वार्र गर्छ

मिसिएर धूवाासागै आासुको बाफ

उड्छ दलिनतिर


त्यही बेला,

मोबाइलमा नोटिफिकेसनको अर्को ट्युन बज्छ

आासुले पिरो आाखा झिमझिम पार्दै

क्लिक गर्छिन् औंलाले

ज्वाइँलाई डीभी परेर पाताल भासिएकी छोरी

उसैगरी सेताम्मे हिउामा

खेलिरहेकी नातिनीसँग !


छाती,

चसक्क गर्छ,

ओदानमा बसालेको कुाडेबाट

उम्लिन्छ दूध

अनि उसैगरी

झ्वार्र गर्छ

र, उड्छ, धूवाामा मिसिएको बाफ

मिसिन्छ त्यही दलिनको कसमा

जहाा यी सन्तानको चिसो भगाउन तेल माड्दा

हातबाट निस्किएको ममताको बाफ

उड्दै गएर

यसैगरी टाासिएको थियो ।

प्रकाशित : माघ ५, २०७५ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?