१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

देश

कविता
चन्द्र गुरुङ

काठमाडौँ — अधबौसे युवकले
मौकामा सदुपयोग गर्नलाई
पर्समा चेपिराखेको छ ब्रान्डेड सुरक्षा

देश

अधबौसे युवकले

मौकामा सदुपयोग गर्नलाई

पर्समा चेपिराखेको छ ब्रान्डेड सुरक्षा

कन्डमको ठूलो होर्डिङ बोर्डमा लेखिएको छ—

निस्फिक्रीको ग्यारेन्टी

यस्तो, सस्तो र सुलभ साधन होइन देश !


दिमागमा नाफाघाटाको ग्राफ कोर्दै

कुनै भ्रष्ट नेताले आश्वासनको ‘सी’ ग्रेड दानापानी छर्दै

घोषणपत्रको खोस्टोमाथि चारो खुवाउादै

निर्दोष रहर, र

गरीप आासुमाथि मोजमस्ती गर्ने सपना जस्तै चलाएको

खसी मार्केट होइन देश ।


बिहेभोज वा पार्टीतिर

भोजनपछि बााडिने सुगन्धित पान होइन देश

सानले मुखमा हाल्यो

कुटुरकुटुर सुपारी टोक्दै टोक्दै टाइमपास गर्‍यो

चपाएर स्वाद जति सिध्याइसकेपछि

जथाभावी थुक्न मिल्ने ।


दुई तिघ्राको कापमा

सल्केको लुतो वा खटिरा होइन देश, महाशय

मन लाग्यो लुकीलुकी,

एकान्ततिर चुपचाप चुपचाप कन्यायो ख्वार्रख्वार्र

भरपूर आनन्द लियो ।


देश

तिम्रो दिमागमा चल्ने नयाा नयाा दाउपेच होइन

धोखापूर्ण खेलमा

जितका लागि लड्न र लडाउन मिल्ने

गोटीलाई कहिले अगाडि, त कहिले पछाडि

इच्छाअनुसार सार्न सकिने ।


खल्तीमा सजाइराखेको

या डायरीमा चेपिराखेको गुलाब होइन देश

गुपचुप र अवैध भेटघाटमा

कुनै मईऽऽयालाई उपहार दिन वा

आफ्नै हातले केशराशिमा सिउरिदिन मिल्ने ।


तिम्रो भान्टाजस्तो नाक होइन देश

यहाावहाा, जहाा मर्जी

तिम्रो बोली–वचनजस्तै असभ्य

तिम्रा कर्तुतजस्तै घिनलाग्दो र अपाच्य स्टाइलमा

चलखेलको चोर औालाले कोट्याइराख्ने ।


देश–

जाादाजाादै जुन माटोमा एक गहिरो चुम्बन रोपेर गएको थियौ

फर्किंदा त्यही माटोको स्पर्शको सुखानुभूति हो

देश– नसानसामा बग्ने अनुभूति

टाढिनुपर्दा मनमा उठ्ने पीडाको ज्वारभाटा

आगालोमा बाधिादाको आनन्द, र

हृदयको कुनाकुनामा चलमलाउने आत्मीय लहर हो ।


देश–

साथी–सागी हो

भाइ–बन्धु हो

हो हाम्रो आमा ।

प्रकाशित : मंसिर ८, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?