घरभित्रको घर

कविता
मल्लिका शाक्य

काठमाडौँ — हाम्रो घरमा दुई घरको बास छएउटै रुखका दुई हाागाहरु पूर्व–पश्चिम फैलिएजस्तै

ZenTravel

हाम्रो घरमा दुई घरको बास छ
एउटै रुखका दुई हाागाहरु पूर्व–पश्चिम
फैलिएजस्तै
प्रकृतिले लामो फेहरिस्त पठाइदिएको छ
यो साल हाम्रो ठेगानामा
अवाक छु साथी म
नियतिप्रति
कलम काटेर
बिरुवा त एउटै रोपेका थियौं हामीले

वल्लो घर फस्टाउादै छ
नयाा गारो थपिएको छ त्यसमा
दलिनहरु फेरिएका छन्
बिहा–भोजभतेरका रंगरोगनहरु।
तिम्रा धाईसुसारेहरु
गोडमेल गर्छन्
मलजलले हुर्काउाछन् तिम्रा पौधाहरुलाई
मसान्तमा तलब थाप्छन्,
संक्रन्तिमा तरुल टक्र्याउाछन्
एउटा सानो सभ्यता मौलाउादै छ
घरको बोलीमा व्यवहारको लय रङ्मंगिएको छ।

Meroghar

अर्को घर समाधिस्थ छ सायद
मरेका काठहरु मक्किादै छन् क्रमश:..
तर जीवित जुर्मुराएका छन्
जंगली लहराका हरियाभरिला आगालामा
बेरिंदै बेरिंदै
बडेमाको रुखभित्र अटाउादै गएको छ घर
चराहरु ठुङ्छन् तिनलाई
गुाडमा बचेराहरु हुर्कंदै छन्
हुरी चल्दा वल्लो घरभन्दा भित्रसम्म पुरिन्छन् माटोका पत्रैपत्र
पानी पर्दा वल्लो घरभन्दा भित्रसम्म सिञ्चित हुन्छ यो घर
अनि हिउादमा
सिरेटो छिर्छ
घरको जगदेखि धुरीसम्म
ठिहिर्‍याउाछ घर, कर कर्मर्‍याउने गरी।

घर भन्छ
मैले जीवनलाई जीवनजस्तै गरेर बााचेको छु
घामसाग उज्यालोको साइनो गाासेको छु,
जूनसाग सपनाको
भीरमौरीसाग मीत लाएर महको स्वाद
चाखेको छु,
रातसाग सन्नाटाको
औंसीको तेस्रो प्रहर आएर रूङ
मेरा कोठाचोटाहरुमा
तिमी देख्नेछौ
सय वर्षको इतिहास लमकलमक हिंड्छ मेरो धर्तीमा
सहस्र शताब्दीका ताराहरु टिलपिल गर्छन् मेरा आकाशमा

घर भन्छ
तिमी नडराऊ, श्रष्टा,
तिमीभित्रको तिम्रो आफ्नो घर हुा म
आत्मसात् गर मलाई
हुन सक्छ कुनै दिन
तिमी आफैंलाई भेटाउनेछौ
मेरो सुत्ने कोठामा
सानो खोपीको पिँजडाभित्र।

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आराधना

कविता
सविता बिमली

काठमाडौँ — सविता विमलीयति ठूलो ब्रह्माण्डमाजब कुनै इतिहासलेबताउादैन,

सविता विमली
यति ठूलो ब्रह्माण्डमा
जब कुनै इतिहासले
बताउादैन,
तिम्रो राजको कुरा !!
महादेवी !
तिमी सिंहवाहिनी मात्रै किन भइरह्यौं??
सिंहासनमा तिमी विराजमान भएका कुनै कथा
मैले पढ्न बााकी छन् कि कतै??
बडो दुविधामा छु माते !
किन तिमी अरूकै लागि प्रयोग मात्रै भयौ?

महामाया !
अन्यायविरूद्ध पटकपटक
पुकारिएकी तिमी
वृन्दामाथिको छलमा किन चुप बस्यौ?
गोमा र अहिल्याको
भागमा परेको सजाय
कसको भागमा पर्नुपर्ने हो?

हो, यहीानेर तिमी नदुखेको
देखेपछि मलाई शंका लाग्छ देवी !
कि तिमी निमुखाका निम्ति होइनौ !!??
उच्चपदस्थ आफ्नाहरुका नाममा
तिम्रो मौनताले सााच्चै तराजु ढल्किएको छ यतिखेर
तिमी न्यायकै पक्षमा छयौ भन्न सक्दिना चामुण्डे !

अम्बे ! पार्वतीको आत्मगौरव
र वृन्दाको आत्मगौरवमा
कति अन्तर थियो??

तिम्रो अघोर मौनताले मलाई पटकपटक चिमोट्छ रक्तकाली !

शक्तिकी आदि स्रोत तिमी
तिमीबाटै निसृत ऊर्जा
बोकेर हिाड्नेहरूले
जब ललकार्छन् नि मेरो अस्तित्व
हो, यहीा तिम्रो अकर्मण्यताले
मलाई नारा लगाउन बाध्य पार्छ
म उचाल्छु हात र बजार्छु खुट्टाहरु

तर दुर्गे !
किन तिम्रा दस हातहरु
मेरा निम्ति भने एउटै पनि
उठ्दैनन्?

महाकाली !
तिम्रो रौद्रताले
मात्र सदियौंदेखि सत्ताको सिंहासनमा रहेका
देवताकै सुरक्षा गर्छ
भने
हे चण्डिके !
बारबार
अनि बारम्बार
म त्यही सत्तालाई ललकार्छु !

के तिमी कहिल्यै
उपासनाका नाममा
तिम्रा अघि घुाडा नटेक्नेहरुकी
हुन सक्दिनौ कालिके??

तिमी वृन्दा र वृन्दाहरुका
अस्तित्वका लागि बोल्दिनौ भने
म तिमीले सुरक्षा गरिरहेको
सत्ताको
स्थायी प्रतिपक्षी !
र अब तिमीले बुझ्नुपर्छ कि
यो चिर बागी भुइामान्छे
तिम्रा लागि पनि खतरा हो !!

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×