कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुन्दर सिमाना

पर्यटन
नारायण तुम्बापो

काठमाडौँ — भारतसँगको नेपालतर्फको पूर्वी सीमा क्षेत्र विछट्टै सुन्दर छन् । दार्जिलिङ जोडिएको इलामको सन्दकपुर र पाँचथरको फालेलुङ, चिवाभञ्ज्याङका मनोरम दृश्य बयान गरी साध्य छैन । सिक्किमसँगको पाँचथर याङ्वरक र ताप्लेजुङ सिदिङ्वा सिमानाको तिम्बुपोखरी आकर्षण उस्तै आल्हादकारी लाग्छ ।

सुन्दर सिमाना

सुन्दर सन्दरकपुरबाट सूर्योदय अवलोकन गर्न सकिन्छ । फालेलुङ, चिवाभञ्ज्याङको सैलुङ्गेमा चौँरी, चउर, गोठ, छुर्पीका रोमाञ्चक दृश्य देख्न पाइन्छ । ४ हजार ४ सय ८० मिटरमा पर्ने तिम्बुपोखरी क्षेत्रमा त सहस्र पोखरी नै पोखरी छन् । यहाँ मोहक हिमाली फूल केन्जो, माइकोपिलाको त बगैंचै छ । चौँरी र भेडाका बथान यहाँ पनि छन् । सन्दकपुर, फालेलुङ, चिवाभञ्ज्याङ, तिम्बुपोखरी क्षेत्रमा वनको शोभा मानिने रेडपाण्डा, न्याउर (वन भेडा), डाँफे, भालु, बँदेल, चितुवा पाइन्छन् । विखुमा, पाखामवेद, पाँचऔले, खोकिम, सतुवालगायतका दर्जनांै प्रकारका जडीबुटी पनि यहाँ पाउन सकिन्छ ।


विडम्बना, यो सीमाविन्दुको सुन्दरता ओझेलमा छ, प्रवद्र्धन हुन सकेकै छैन । नबोल्नेको चामल नबिकेजस्तै हाल यहाँ छ । सन्दकपुर र फालेलुङमा भारतको बाटो हँुदै फाट्टफुट्ट विदेशी पर्यटक आउँछन् । तर, तिनको गणनै छैन । सन्दकपुर र फालेलुङ मेचीमार्गको पहुँच रहेको फिदिमदेखि नागिन, याङ्नाम सिदिन हँुदै अर्थात् जोखपोखरी मेमेङ हुँदै गाडीबाटै पुग्न सकिन्छ । पैदलयात्रामा भने फिदिमबाट ४ दिन लाग्न सक्छ । मेचीमार्ग छेवैमा रहेको पाँचथर खण्डको गणेश चोकबाट मध्यपहाडी लोकमार्ग पार गर्दै चिवाभञ्ज्याङ पुगिन्छ । मध्यपहाडी लोकमार्ग हँुदै फलैंचा पुगेपछि बेतेनीबाट ताप्लेजुङको सिदिङवा, कालिखोलाबाट तिम्बुपोखरी जाने पैदलमार्ग छ । बेतेनीबाट दुई दिन हिँडेपछि तिम्बुपोखरी पुगिन्छ । बेतेनी उता तिम्बुपोखरी पुग्न भने मोटर सुविधा छैन । फालेलुङ, चिवाभञ्ज्याङ, तिम्बुपोखरी क्षेत्रमा भने भेडीगोठमा बस्ने सुविधा छ । ‘गोठ स्टे’ मा चौँरी दूध, घिउ, छुर्पीका साथै दालभात खान पाइन्छ ।

प्रकाशित : आश्विन २०, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?