कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुहुँ र ब्याँसतिर

मनोज बडू

काठमाडौँ — दार्चुला दुहुँको संस्कृति गजबकै छ, रमाइलो लाग्ने । आफ्नै सांस्कृतिक वेशभूषा र मौलिक संस्कृतिको झल्को यहाँ पाउन सकिन्छ । दुहुँ–ब्याँस संस्कृति तथा पर्यटन विकास समाजका अध्यक्ष नरेन्द्रदत्त भट्टका अनुसार यहाँ सम्पदा–संस्कृति मनग्य छ, तर सबै कुरा ओझेलमा छ ।

दुहुँ र ब्याँसतिर


दुहुँ र ब्यासका विभिन्न थातथलोमा फरक वेशभूषामा ठाडी भाका, देउडा गीतहरू गाइने गरिन्छ । यो भाकामा देवी देउताका प्रार्थना गीतहरू समेटिन्छ । स्थानीय भाषाका झोडा, जागर, सगुनलगायतका भाका तथा गीतले यहाँको मौलिकतालाई बचाएर राखेको छ । दुहुँवासी करवीरसिंह कार्कीका अनुसार आफ्नो छुट्टै पहिचान, वेशभूषा, रहनसहनमा रमाउने शौका समुदायका आदिवासी/जनजाति यो क्षेत्रमा बसोबास गर्छन् । शौका समुदाय दार्चुलामा मात्रै बसोबास गर्छन् । शौकाको परम्परागत संस्कृति पर्यटन आकर्षकको मुख्य आधार बन्न सक्ने सम्भावना देखिएको छ ।


यो क्षेत्रलाई देवभूमि पनि मानिन्छ । दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीका अनुसार, कला–संस्कृतिसँगै धार्मिक र ऐतिहासिक महत्त्वको पर्यटनलाई जोगाइराख्न अब नियमित रूपमा सांस्कृतिक महत्त्व झल्काउने प्रदर्शनहरू र भिन्न झाँकी–गतिविधिसमेत प्रस्तुतिमा ल्याउने योजना छ ।


–मनोज बडू

प्रकाशित : आश्विन १३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?