काठमाडौँ — ओ कर्मनाशा !
तिमै्र किनारमा उभिएर
हेर्दै छु तिम्रो गति
कसरी बगिरहन सकेकी छयौ तिमी
यी तमाम नदीभन्दा भिन्न भएर
विपरीत धारमा ?!
ओ कर्मनाशा !
तिमै्र किनारमा उभिएर
हेर्दै छु तिम्रो गति
कसरी बगिरहन सकेकी छयौ तिमी
यी तमाम नदीभन्दा भिन्न भएर
विपरीत धारमा ?!
यो कस्तो बहाव हो ?
जो उल्टो बग्दा पनि
विपरीत बग्नुको अपरिमित सौन्दर्य लिएर
मुस्कुराउाछ
सोचमग्न छु
हेर्छु
अनि हेरिरहन्छु
यो विपरीतता ?
अरुभन्दा सर्वथा भिन्न हुनुको गति !
सिंगो भूगोललाई
चुनौती दिएर
बग्नु पनि कहाा सजिलो होला र !?
छिचोलेर सारा अवरोध
जसरी बग्छयौ नि तिमी
त्यो बगाइको सौन्दर्य
केमा नापिएला ?
त्यस्तै विपरीत धारमा
बग्छु भन्छ जिन्दगी
आएकै बाटो
फर्कन्छु भन्छ समय
हिँडेकै गोरेटो
फेरि उक्लन्छु भन्छ यात्री
यो वर्षामा पनि
शान्त रहेकी तिमी
यस्तै शान्त कसरी होला र ?
मान्छेले बगाउन खोजेको
कर्मनाशा ??
त्यसैले मलाई तिमी हुन मन छ
जसको स्वाभाविक विपरीतता
अनि नागबेली सुन्दरता
म आफूभित्र
अनुभूत गर्न चाहन्छु,
मलाई तिमी हुन मन छ कर्मनाशा ।।