१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जौमतीको चुल्ठी कर

कविता
निभा शाह

काठमाडौँ — नाइल नदीभन्दा लामा
आइमाईका दु:ख नाप्न्या को छन् ?
जो छन्/जति छन्
चोलीका तुना नाप्न्या बलात्कारी छ

जौमतीको चुल्ठी कर

नाइल नदीभन्दा लामा
आइमाईका दु:ख नाप्न्या को छन् ?
जो छन्/जति छन्
चोलीका तुना नाप्न्या बलात्कारी छन् ।

औंला छोडेर
आइमाईका दु:ख नाप्न्या को छन् ?
हजारौं वर्षअघि शिवलिंगहरुले
स्त्री देह लालपुर्जामा बााधो हाले
त्यहाादेखि स्त्री हुनुको सजाय
चेली–किला बााधी गई
चेली–मुख मुवालो लागी गई
चेली–यौनी सती कर लागी गई
स्त्री देह जिउ कर लागी गई ।

जारी कर/हजारी कर/स्तन कर/चुल्ठी कर
काली कर/गोरी कर/देह वृत्ति योनी कर
अचेल–अचेल
गर्भाशय भाडा कर/भ्रूण परीक्षण चाडा कर
जसोकी (जस्तो कि)
स्त्री देह
देश चलाउने
कर कार्यालय हो ।

टुप्पी कर नाई/चुल्ठी कर
कालु कर नाई/काली कर
पुरूष छाती कर नाई/स्त्री स्तन कर
शिवलिंग कर नाई/योनी कर ।

वाह ! सत्ताधारी कि दुनियाा वाह !
स्त्री देहको वस्तुकरण
टुप्पी मौन
मुसलधारया मेघ नाई
बुलबुल सिंहदरबार बाछिटा ।

जौमतीको चुल्ठी कर लिने महाराजले
जौमतीलाई भनेछन्
यो अखण्ड राज्य विस्तारको भूखण्ड
तुम्रै हो जौमती
यो देशको भूगोल
तेरा पुर्खाका
रगतको डल्लो हो जौमती
यो देशको गंगामा/तेरी इजाको
दशधारी दूध बग्दो छ जौमती ।

माटो चाादालाई हेर
तेराई कोखको फूलबाडी छ
जौमती बोलौ त बोलौ क्या !
जौमतीका मुख मुवालो छ ।

महाराजको यो सवाई सकिएपछि
महाराजले जौमतीको आाखामा
वाइनोकुलर लाउादै भने
उ त्यो जंगेपिलरभन्दा परको
कुमाउ, गडवाल, पिथौरागड,
जम्मै तुमै्र हो जौमती
मोहनापारकिो
तिकुनियादेखि लखनउसम्मको भूभाग
तुमै्र हो जौमती
उत्तरतिरको भोट तुमै्र हो
पश्चिम किल्ला काागडा, सतलज
जम्मै तुमै्र हो जौमती
पूर्वको सूर्योदय हेर जौमती
सिन्धु, दजला, बेबिलोल, फरात
साराका सारा पूर्वाद्र्ध
तुमै्र हो जौमती ।

यो नेपाल खण्डे/भारत खण्डे/
केदार खण्डे/हिमवत खण्डे
साराका सारा ब्रह्माण्ड तुमै्र हो जौमती ।

जौमतीले आफू उभिएको
जमिन छामी छे
जम्मै मालिकहरुका लालपुर्जा बजे ।

जौमती खोस्रने/एक बित्ता जमिन
आफ्नो नाइा
जौमतीले मुखको मुवालो फाली
राजाको श्रीपेच टिपी
राजा अलप भए
श्रीपेचविहीन मालिकहरु प्रकट भए ।

जौमतीका मालिकहरु
सिटामोल खान
थाइल्यान्ड जान्या/सिंगापुर जान्या/अमेरिका जान्या
तिनै मालिकहरुले जौमतीलाई भनेछन्
यो देश/यो देशको राष्ट्रियता/यो देशको झन्डा
तुमै्र हो जौमती
जौमतीले जवाफ फर्काई
मेरी आमा/सिटामोल नपाई जरा मरी
यो देशको राष्ट्रियता
मेरी आमाका लागि सिटामोल भएन
मेरो छोरो चिसा सिरौटा मर्‍यौ
यो देशको झन्डा
मेरा छोराका लागि
बााच्दा न बर्को भयो
मर्दा न कात्रो भयो ।

जौमतीको यिनै आवाज सुनेपछि
झन्डाले प्रतिगामी विद्रोह गर्‍यो
झन्डा जौमतीको छाप्रो छोडी
महल उड्यो/सिंहदरबार उड्यो
त्यहाादेखिन्
जौमतीले झन्डा निली भन्दै
जौमती जेल छ ।

जौमती झ्यालखानामा सोच मग्न छे
होइन झन्डा निल्ने महल हुन्छ कि छाप्रो ?
प्रश्नचिह्नहरुले
जौमतीको टाउकोभित्र प्लेट जुध्छन्
जौमतीको चुल्ठी कर हल्लिएको हल्लियै छ
जौमती बोल्या की बोलेई छ
घास खुवाई घाासको जडो लुकाउने मालिक
अब तुम्रो जडो खोज्दो छु ।।

शब्दार्थ
चुल्ठी कर – खस साम्राज्यदेखि सुरु भई राणाकालसम्म चलेको चुल्ठो कर
चाडा कर – गर्भको भ्रूण छोरी भएको थाहा भएपछि गरिने गर्भपतन कर
इजा – आमा
फूलबाडी – फूलबारी
स्तन कर – सन् १८०२ मा केरलामा स्तन नदेखाई हिँड्ने दलित महिलामाथि लगाइने कर
मुवालो – मुख बन्ध गराउने पट्टी
जरा – ज्वरो
सिरौटा – सिरेटो
जडो – जरा

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?