१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कवि

कविता
शैलेन्द्र साकार

काठमाडौँ — कवि एक्लै घुमिरहन्छ
कविताहरु
कोठामा ऐना, भान्सामा छुरा, ओछयानमा पत्नीजस्ती
जहींतहीं

कवि

कवि एक्लै घुमिरहन्छ
कविताहरु
कोठामा ऐना, भान्सामा छुरा, ओछयानमा पत्नीजस्ती
जहींतहीं
शिल्प र विचारले कालु पाण्डेको तरबारजस्तो गह्रुंगो शब्द
बोकेर कहीं जान सक्दैन
एक्लै घुमिरहन्छ
फर्केर ऊ तिनै शब्दहरुसित कुराकानी गर्छ
सुम्सुम्याउँछ
वर्षामा
कविताहरु छतमा टाँसिएर
ढलान भएर घुलनशील चिपचिपे
अथवा दुईधारे औजार भएर
लपक्क बसिरहन्छ
सडकमा अल्मलिएको कालो बिरालोजस्तो
बाटो काट्न तैयार कविता
प्रत्येक मान्छे कवितासँग सशंकित, अनिच्छित, त्रसित
श्रापित कवि विषाक्त, अलच्छिन कवितासहित
दिनभर घुमिरहन्छ
सरकारी कार्यालय, शौचालय
मुद्रगालय, संग्रहालय, श्रम सम्पर्क कार्यालय
जहाँ उसलाई गन्हाइरहेछ
आफ्नै मासु पोलिएको जस्तो गन्ध
र फर्केर घरमा
स्वस्फूर्त विचारणीय कविताको गुँडमा छाद्छ रगत
र घोप्टो परेर फेरि सपना देख्न थाल्छ
बलदिएको देश र जनता
जहाँ सत्यहरू सपनाजस्तो छलपूर्ण भएका छन्
जहाँ भित्ताहरुमा बद्लिरहेको माउसुलीको बथान
र भित्ते पात्रो
परिवर्तनको नमुनाजस्तो
प्रत्येक वर्ष नयाँ हुनुपरेको
कथा चिन्तामा
चाउरिएर, खुम्चिएर, डल्लो परेर
बसेको छ ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?