२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

यात्राको गीत 

कविता
उमेश अकिञ्चन

काठमाडौँ — पुगिन्छ त्यहाँ
जहाा तिमी चाहन्छौं पुग्न

यात्राको गीत 

पुगिन्छ त्यहाँ
जहाा तिमी चाहन्छौं पुग्न

पहाड नाघ्दै उडेर गएका
चरीका पखेटाले काटेर जान्छन
कैंयन बादलहरु, इन्द्रेणीहरु

सहरको भीडबाट एकान्त चहार्दैं
सिद्धार्थ साहस बटुलेर हिंडिरहेका
खोजीका खुट्टाहरु

बार्दलीका सााझहरु
पूर्वी क्षितिजबाट जन्मिएका बिहानहरु

कोसौं माइल टाढाबाट देखिने
आाखाले लेखेका कविताहरु पछ्याउादै
अपरिचितजस्तो परिचित अनुहार खोज्दैं आएको
गलबन्दी गोरेटो

पाइलाभरि लेस बााध्दैं सम्झनाको
कुदिरहेछन् बालक बाटाहरु

यी सडकछेउको रुखमा
धूवााको मुस्लोले मेटे पनि हरियो वसन्त
नीलो छातामुनि पृथ्वीको
सम्हाली हिँड्नुपर्छ
यात्राजस्तो जिन्दगी

यो हिउा परेको पहाडमुनि
लेखेर गएको हुनुपर्छ
शुभचिन्तक कसैले
घामको प्वाँखले तिम्रो नाम

प्रत्येक आागनबाट
भाग्दैं–भाग्दैं हिँड्ने क्षितिजजस्तैं
परपर पुगेका सपनाहरुलाई
सकिन्छ भेट्न

पुगिन्छ त्यहाा
जहाा तिमी चाहन्छौ पुग्न ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?