काठमाडौँ — उदास थियो आागन
उस्तै उदास थिए दुई जोर आाखाहरु
उदास थियो आागन
उस्तै उदास थिए दुई जोर आाखाहरु
आफ्नै मनको तगारो उघारेर जब म ठीक परें बादलसागै उड्न
किन आमा आाखाबाट पोखिनुभयो ?
किन बाले छातीमा लहरे खोकी चलाउनुभयो ?
अस्तिसम्म स्कुलमा घण्टी बजाउादै गरेका पालेदाइ
एकाबिहानै किन आइपुगे गोरेटोमा ?
बिहानै बास्नुपर्ने भाले किन झोक्राइरहेको थियो ?
किन पल्ला घरकी माइली दिदी बार्दलीमा मौनमौन
उभिरहेकी थिइन् ?
बतास यसरी बत्तियो कि मानौं उडाइलानेछ हाम्रो घरको छानो
मानौ दज्र्यु टाागिएको बाास दुई टुक्रामा विभाजित पार्नेछ
त्यस रात तेस्रो प्रहरमा देखिएको सपनामा
म पसेको ठूलो भंगालो
फसेको सिस्नोघारी
घोप्टिएको संविधानको किताब
अनि फड्फडाइरहेको देब्रे आाखाको तादात्म्यता के थियो होला ?
यी सब सबबाट बेखबर म
यहाा आइपुगेको तीन वर्ष तीन महिना तीन दिन तीन घण्टा तीन मिनेट तीन सेकेन्डपछि
यो गुफाभित्र एक फााको बतास पौचो मागेर चलाउादै छु फोक्सो
हिजोबाट शून्य यो चेतनाको घोडा ब्युाझाउादै छु
म छुट्याउने क्रममा छु
बेस्सरी दुखेको घाउ हो कि यो मन ?
कोपरिएको यो शरीर हो कि मेरो विचार ?
बगेको यो रगत हो कि घृणाको भल ?
फाटिएका यी टााग हुन् कि म उभिएको धर्ती ?
म झिनोसाग सम्झिादै छु
—ट्युसन सकेर फर्किंदै गरेको अघिल्लो सााझ
—आफ्नै सहपाठीले थुनिदिएको मेरो स्वर
—बााधिदिएका यी हातहरु
—छोपिदिएका यी आाखाहरु
—घिसार्दै लगेको गोरेटो
र मैले थामेको चार पााच भाग वजन
यतिखेर कोठामा बजिरहेको छ थोत्रो रेडियो
—एक महिनामा आठवटा बलात्कारका घटना भएका छन्
—दुई बलात्कारपछिको हत्या भएको छ
—अपराधीको तीव्र खोजी हुादै छ
—प्लेकार्ड बोकेर महिलाहरु सडकमा उत्रिए (मात्र महिला !)
म मुर्दा लडिरहेछु
र जिउादो सोचिरहेछु
—कहिलेसम्म मिडियामा बजिरहेनेछ बलात्कारका खबरहरु ?
—कहिलेसम्म सामाजिक सञ्जालमा भाइरल भइरहनेछ हाम्रा अर्धनग्न तस्बिरहरु ?
—कहिलेसम्म छापिरहनेछौं यही मुद्दामा ?
घरबाट निस्कने समयमा आमाहरु कहिलेसम्म पोखिनुपर्ने हो ?
अनि कहिलेसम्म बाहरुले छातीमा लहरे खोकी
चलाइरहनुपर्ने हो ?