कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सुँगुर विद्रोह

कविता
स्वप्निल स्मृति

काठमाडौँ — कोही मलाई फकाइरहेछ फेरि पनि स्वर्ग जान ।
स्वर्गभन्दा सुन्दर हिमालमुनि छ–

सुँगुर विद्रोह

इन्द्रको दरबारजत्तिकै सुन्दर मेरो सानो सुागुर–खोर,
यसलाई उधिन्दै छ/भत्काउादै छ राक्षसजस्तो एउटा डोजर ।
कि यही खोरबाट छेडेर हिमाल/समुद्र
तोपभन्दा खतरनाक बुलेट रेल आइरहेछ ।
त्यही रेल चढेर स्वर्ग जान कोही मलाई फकाइरहेछ ।

फेरि पनि अस्वीकार छ स्वर्ग जान फेरि पनि–
नामेट पारेर आफ्नो अस्तित्व
फेरि पनि अस्वीकार छ ।

कि यो बञ्जर धर्ती मैले उधिनेर
लसुन रोपिखाएका हुन् सिबेरा एक्थुनामा१हरुले
यो शून्य आकाशमा मैले थुतुनो जोतेर
उड्न सिकेका हुन् पुष्पक यानमा रावणहरु
मैले त तरूल, कन्दमूल मात्र खन्न सिकाएथें
अविच्छिन्न जीवनका लागि,
तर कोही स्वर्ग गइरहेछ हिरामोतीको सारा खानी कुम्ल्याएर ।
मैले खनेको जङ्गली पिँडालु आगोमा पड्किादासम्म
ठीकै थियो
तर त्यैबाट सिकेर बनाएको परमाणु बम
पड्काएर पृथ्वीमा कोही स्वर्ग गइरहेछ ।

फेरि पनि अस्वीकार छ स्वर्ग जान फेरि पनि–
नामेट पारेर आफ्नो अस्तित्व
एकदम अस्वीकार छ ।

प्रकाशित : वैशाख १, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?