काठमाडौँ — कोही मलाई फकाइरहेछ फेरि पनि स्वर्ग जान ।
स्वर्गभन्दा सुन्दर हिमालमुनि छ–
इन्द्रको दरबारजत्तिकै सुन्दर मेरो सानो सुागुर–खोर,
यसलाई उधिन्दै छ/भत्काउादै छ राक्षसजस्तो एउटा डोजर ।
कि यही खोरबाट छेडेर हिमाल/समुद्र
तोपभन्दा खतरनाक बुलेट रेल आइरहेछ ।
त्यही रेल चढेर स्वर्ग जान कोही मलाई फकाइरहेछ ।
फेरि पनि अस्वीकार छ स्वर्ग जान फेरि पनि–
नामेट पारेर आफ्नो अस्तित्व
फेरि पनि अस्वीकार छ ।
कि यो बञ्जर धर्ती मैले उधिनेर
लसुन रोपिखाएका हुन् सिबेरा एक्थुनामा१हरुले
यो शून्य आकाशमा मैले थुतुनो जोतेर
उड्न सिकेका हुन् पुष्पक यानमा रावणहरु
मैले त तरूल, कन्दमूल मात्र खन्न सिकाएथें
अविच्छिन्न जीवनका लागि,
तर कोही स्वर्ग गइरहेछ हिरामोतीको सारा खानी कुम्ल्याएर ।
मैले खनेको जङ्गली पिँडालु आगोमा पड्किादासम्म
ठीकै थियो
तर त्यैबाट सिकेर बनाएको परमाणु बम
पड्काएर पृथ्वीमा कोही स्वर्ग गइरहेछ ।
फेरि पनि अस्वीकार छ स्वर्ग जान फेरि पनि–
नामेट पारेर आफ्नो अस्तित्व
एकदम अस्वीकार छ ।