छोरी

कविता
विमला तुम्खेवा

काठमाडौँ — म चाहन्थेँ
म जस्तै छोरी जन्मियोस्

छोरी

तिमी पेटमा हुँदा यस्तो कल्पना गर्थें

मुस्कुराउँथें आफैंसँग ।

साँच्चै
तिमी जन्मियौ यो पृथ्वीमा
मैले चाहेजस्तै
तिम्रो चेप्टो नाक चिम्सो आाखा र उज्यालो अनुहार
मेरै प्रतिरुप थियौं
सबभन्दा खुसीको कुरा तिमी छोरी भएर जन्मियौं ।

यसबेला तिमीलाई थाहा छैन
तर
पछि गएर थाहा पाउाछौं
मैलेजस्तो सन्तान जन्माउनेछौ
र,
सााचो अर्थमा
प्रेमको अनुभूति गर्न पाउनेछौं
योभन्दा खुसीको कुरा अर्को हुनै सक्दैन ।

प्रकाशित : वैशाख १, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?