कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नार‌्‌च्याङ चराचर

फोटो

काठमाडौँ — म्याग्दी, तातोपानीदेखि माथिको भेगलाई नार्च्याङ भनिंदो रहेछ— नामैले सुन्दर बस्ती । अहिलेको अन्नपूर्ण गाउँपालिकाभित्र पर्ने नार्च्याङमा प्राकृतिक सौन्दर्य जे जति छ, जैविक विविधता पनि उस्तै मोहक छ ।

नार‌्‌च्याङ चराचर

तातोपानीबाट झन्डै ३ घण्टा उकालो हिंडेपछि पुगेपछि नार्च्याङको अन्तिम विन्दुमा छ, हिमाली बस्ती लेकगाउँ । अन्नपूर्ण पदयात्रा रुटमा पर्ने टाढापानीबाट खोप्रा हुँदै लेकगाउँ जाने र तल तातोपानी झर्ने पर्यटकहरू यहाँ फाट्टफुट्ट आउने गरेका छन् । अन्नपूर्ण आधारशिविरमा जाने अधिकांश पर्यटकहरू घान्द्रुक हुँदै जाने गरेकामा अब भने नार्च्याङबाट आधारशिविर जाने छाटो रुट बनाइने भएको छ ।

मगर जातिको उल्लेख्य बसोबास रहेको गाउँमा आफ्नै जातीय–सांस्कृतिक सौन्दर्य त छ नै, गाउँवासी पनि उत्तिकै हार्दिक छन् । अरूभन्दा यहाँ भेटिने सिजनल चराहरू गाउँमा आएका आकर्षक पाहुनाझैं देखिन्छन् । नार्च्याङको लेकगाउँ २१ सय मिटर उचाइमा छ भने खोप्रा ३६ सय मिटरमा उभिएको छ । नार्च्याङ गाउँमा मात्रै १० वटा ठूला/साना जलविद्युत् आयोजनाहरू छन् । यो सौन्दर्यको गाउँ अझै पनि आन्तरिक पर्यटक र घुमघामका लागि नौलोजस्तै छ ।

प्रकाशित : वैशाख १, २०७५ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?