भाषिक विमर्शको शीतल समीर- कोसेली - कान्तिपुर समाचार

भाषिक विमर्शको शीतल समीर

प्रतिटिप्पणी
शरच्चन्द्र वस्ती

काठमाडौँ — हाम्रा भाषारभित्र्याइएका शब्द र चलनचल्तीका अशुद्ध शब्द’ शीर्षकमा अघिल्लो शनिवार ९२०७४ माघ ६ गते० प्रकाशित डा। महेशराज पन्तको लेख पढ्न पाउँदा मन आनन्दित भयो।

शब्दको अर्थ, मर्म र व्यक्तित्व पर्गेल्न सक्ने विद्वानहरूले सार्वजनिक रूपमा खबरदारी नगरिदिएकै कारण शब्दको अपमान र अंगभंग गर्नुलाई नै आफ्नो जीवनको सार्थकता ठान्ने ‘सरकारी भाषाशास्त्री’ हरूको कर्कश कोलाहलले हाम्रो भाषिक पर्यावरण प्रदूषित हुन पुगेको छ। यो उकुसमुकुसका बीच, ‘विद्वान्’ शब्दलाई सार्थकता प्रदान गरेका डा। पन्तको लेखले स्वच्छ–शीतल समीर प्रवाहित गरेको अनुभूति भएको छ। यस्तो समीर निरन्तर प्रवाहित भइरहोस् !


हाम्रो भाषामा चलेका, चलाइएका जेजति शब्द पक्रेर तिनको रूप र अर्थबारे जेजस्ता कुरा लेखकले औंल्याउनुभएको छ, तिनमा विमति व्यक्त गर्नुपर्ने ठाउँ छैन। गुरुकुलीय शिक्षा, गहन विद्वत्ता र परिच्छेद–समर्थ पाण्डित्यको दुर्लभ समष्टि झल्किएको छ त्यस लेखमा। लेखको पूर्वाद्र्घमा विदेशी शब्दलाई संस्कृतको चोगा पहिर्‍याई बनाइएका ‘संविधान’, ‘सामन्त’ वा ‘नागरिक’, ‘पञ्चवर्षीय’ जस्ता शब्दले कसरी वाञ्छित अर्थ दिंदैनन् वा ती शब्दै बन्दैनन् भन्ने स्पष्ट पार्ने सन्दर्भमा उहाँले गरेका दुई टिप्पणी विशेष मननीय छन् स् क। पाश्चात्य भाषाका शब्दलाई संस्कृतमा भाषान्तर गर्न संस्कृतको जुन तहको ज्ञान चाहिन्थ्यो, त्यो तहको ज्ञान भएका मानिसको हातबाट शब्द बनाउने काम नभएकोले शब्दको निकै बिजोग भएको छ। ख। कि हामीले विदेशी शब्द नै हाम्रो भाषामा भित्र्याउनुपथ्र्यो, कि संस्कृतवाङ्मयको आलोडन गरेर ठीक शब्दको चयन गर्न सक्नुपथ्र्यो, तर आफ्नो भाषाको शब्द भनी ठीक अर्थ नबुझाउने शब्द चलाउन हुँदैनथ्यो। यी यस्ता टिप्पणी हुन्, जसको प्रकाशमा हामी नेपाली भाषालाई निकै चहकिलो पार्न सक्छौं।


लेखको उत्तराद्र्घमा, यसै वर्ष साउनमा प्रकाशित मैले लेखेको पुस्तक ‘नेपाली कसरी लेख्नेरु’ को चर्चा गर्दै त्यसमा ‘हाम्रो लेखाइमा चलेका अशुद्ध शब्दको वर्णक्रमले फेहरिस्त नै तयार गरी त्यसको शुद्ध रूप दिने प्रशंसनीय काम’ भएको मन्तव्य व्यक्त गरिएको छ। साथै सो शब्दसूचीमा ‘उनले शुद्ध ठानेका, वास्तवमा अशुद्ध शब्द’ पनि रहेको बताउँदै, त्यसमा रहेका ‘आधारित’, ‘अनुशासित’, ‘वितरित’, ‘तत्कालीन’, ‘जागृति’, ‘जाग्रत’, ‘नाशवान’, ‘मन्त्रिपरिषद’, ‘पूर्वीय’ जस्ता कतिपय शब्दलाई लिएर यी शब्द सिद्ध हुँदैनन्रशुद्ध होइनन् भनिएको छ। र, ‘यो पुस्तकका रचयिताले यिनलाई सही शब्द भनेको देख्ता अचम्म लाग्छ’ भन्दै ‘९यिनले पनि० शुद्ध मानेकाले जगमान गुरुङ ९प्रभृति० ले ‘तत्कालीन’ ९आदि० लेखेकोमा आश्चर्य छैन’ भन्ने टिप्पणी गरिएको छ। आफ्नो पुस्तकले डा। पन्त जस्ता उद्भट विद्वानको यत्रो विश्वास हासिल गर्न सकेकोमा मलाई सन्तोष लागेको छ। यही मेसोमा, उहाँले चर्चा गरेका उक्त शब्दहरूको सन्दर्भ पक्रेर आफूलाई लागेका केही कुरा संक्षेपमा भन्न उत्प्रेरित भएको छु।

डा। पन्तले भनेझैं उक्त शब्दहरूको शुद्ध रूप क्रमशस् ‘आधृत’, ‘अनुशिष्ट’, ‘वितीर्ण’, ‘तात्कालिक’, ‘जागर्ति’, ‘जाग्रत्’, ‘नाशवान्’, ‘मन्त्रिपरिषद्’ नै हो। ‘पूर्वीय’ अशुद्ध हो, ‘पौरस्त्य’ शुद्ध हो। कुनै शंकै छैन। संस्कृत पढेको र व्याकरणमा यत्किञ्चित् गति भएका कारण मलाई यति हेक्का नरहने कुरै भएन। यदाकदा संस्कृतमा लेख्नुपर्दा यस्तै लेख्छु, अशुद्ध लेख्ने कुरै आएन। नेपालीमा यिनको तत्सम रूप यही हो, यसमा पनि कुनै द्विविधा छैन। यस रूपमा यिनको जति प्रयोग गरे पनि हुन्छ।


तर, कुरा यति मात्र छैन। नेपालीमा यी शब्दले आफ्नो रूप बदलिसकेका छन्। बदलिएको रूपमा स्थापित एवं शिष्टपरम्परा र प्रचलनबाट अनुमोदित पनि भइसकेका छन्। धेरैलाई यस्ता शब्द ९आधारित, अनुशासित, वितरित, तत्कालीन, जागृति, जाग्रत, नाशवान, मन्त्रिपरिषद, पूर्वीय आदि० संस्कृतबाट आएका तत्सम शब्द हुन् भन्ने लाग्छ, जुन भ्रम हो। अब यी नेपाली शब्द हुन्। यिनलाई ‘संस्कृत’ होइन, ‘संस्कृतवत्’ संज्ञा सम्म दिन सकिएला। पारिभाषिक रूपमा ‘तद्भव’ भन्न सकिन्छ र ‘अपभ्रंश’ पनि। ‘अपभ्रंश एवैत इति प्रामाणिकास्’ अर्थात् ‘यी रूप अपभ्रंश नै हुन् भनी प्रमाणको आधारमा बोल्नेहरू भन्छन्’ भन्ने डा। पन्तद्वारा उद्धृत भट्टोजिदीक्षितीय भनाइ यहाँ सान्दर्भिक हुन आउँछ। यस्ता शब्द नेपालीमा असंख्य छन् र हामी ढुक्कै चलाइरहेकै छौं। जस्तै, ‘तन्त्र’ बाट ‘तान्त्रिक’ त बन्छ, तर ‘गणतन्त्र’ बाट ‘गणतान्त्रिक’, ‘प्रजातन्त्र’ बाट ‘प्रजातान्त्रिक’ अथवा ‘लोकतन्त्र’ बाट ‘लोकतान्त्रिक’ शब्द बन्छ ररु यस्ता शब्दलाई नेपालीमा तद्भव मानेर स्वीकार्नु समीचीन हुने दीक्षा मैले चार दशक अघि भाषाविज्ञ महानन्द सापकोटाबाट प्राप्त गरेको हुँ। २०३३ साल चैतको उत्तराद्र्घ र त्यसपछिका केही महीना भारतको वाराणसीमा उहाँसँग मेरो संगत भएको थियो। ‘नेपाली शब्द परिचय’ छपाउन त्यहाँ पुग्नुभएको रहेछ र प्रूफरीडिङ आदिमा मसँग सहयोग माग्नुभयो। म लागिपरें। त्यस क्रममा शब्दबारे प्रशस्त छलफल चल्थ्यो। ‘उपर्युक्त’ शब्द शुद्ध हो र ‘उपरोक्त’ अशुद्ध, त्यसैले ‘उपरोक्त’ लाई बहिष्कार गर्नुपर्छ भन्थे सबै विद्वानहरू। म पनि त्यही पक्षमा थिएँ, किनभने संस्कृत व्याकरण अनुसार ‘उपरोक्त’ अशुद्ध नै थियो। छलफलका क्रममा पाणिनीय सूत्रको आधार लिएर म बढ्तै चम्केपछि उहाँले सम्झाउँदै भन्नुभयो, ँभाषा भनेको लोकव्यवहारबाट बन्दै जाने हो। ‘उपरोक्त’ शब्दलाई लोकले मानिसक्यो। जनजिभ्रोले स्वीकारिसक्यो। त्यसैले यसलाई पनि मान्यता दिनुपर्छ।” मैले ‘कसरीरु’ भनेर सोध्दा उहाँले भन्नुभयो, ँसजिलै छ। ‘उपर्युक्त’ लाई संस्कृतबाट आएको तत्सम भन्ने, ‘उपरोक्त’ लाई त्यसको तद्भव।” नेपाली भाषालाई बुझ्न र यसको गाँठो फुकाउन त्यो सूत्र मेरा लागि मार्गदर्शक बनेको छ।


संस्कृतबाट जन्मे पनि नेपाली भाषाको स्वभाव भनौं वा बानीबेहोरा, गति भनौं वा मार्ग अलिअलि फरक छ। मानिसकै सन्तानको झैं। त्यसैले, समास भए पनि हेर्दा लामो देखियो, असजिलो लाग्यो भने यसले डिको जोड्दैन। संस्कृतका हलन्त शब्द ९खास गरी नाम र विशेषण० मा हलन्त छोड्दै गएको छ। ‘नाशवान’ मात्र होइन शक्तिमान, बलवान, बुद्धिमान, हनुमान, भगवान आदि लेख्न रुचाउँछ। ‘महान्’ लाई ‘महान’ मात्र लेख्तैन, त्यसमा संस्कृतकै प्रत्यय ‘ता’ थपेर ‘महानता’ पनि बनाउँछ। ‘विद्युत्’ र ‘संसद्’ को खुट्टो काट्न छोडेर उल्टै ‘ईय’ थप्छ र ‘विद्युतीय’, ‘संसदीय’ बनाउँछ। मलाई लाग्छ, हामीले यिनलाई पनि तद्भवको कोटिमा राखेर स्वीकार्नु नै उचित हुन्छ। संस्कृतमा अशुद्ध, नेपालीमा शुद्ध। हामी नेपाली भाषाको कुरा गर्दैछौं नि त !


मेरो अभिप्राय बिगारिएका, भत्काइएका सबै शब्दलाई नेपालीमा सही मानेर स्वीकार्नुपर्छ, अशुद्धि र अराजकताका निम्ति चोरबाटो खोलिदिनुपर्छ भन्ने कदापि होइन। बृहत्तर लोकव्यवहारबाट स्वीकृत एवं शिष्टपरम्पराबाट अनुमोदित शब्दलाई स्वीकार्नुपर्छ— अलिकति उदारता, पर्याप्त विवेक र प्रशस्त संवेदनशीलताको भाव लिएर, भन्ने मात्र मेरो आशय भनौं वा आग्रह हो। विकल्प र निपातको आलोकमा पर्यवलोकन गर्दा मैले पढेका पाणिनिको सरणि पनि यस्तै थियो जस्तो लाग्छ।


डा। पन्तले निकै सूक्ष्म र गहिरा कुरा उठाउनुभएको छ। त्यस स्तरका कुरा र विमर्श चल्नैपर्छ। तर, आजको भाषिक विमर्श त्यतिमा सीमित रहनुहुँदैन। किनभने, आज हाम्रो भाषा अज्ञान वा असावधानीवश गरिएका त्रुटिबाट ‘असंस्कृत’ अवस्थातर्फ अभिमुख भएको मात्र होइन, सुनियोजित तवरमा भइरहेका सांघातिक प्रहारहरूबाट क्षतविक्षत नै भइरहेको छ। कहीं ‘चाइल्ड् फ्रेन्ड्ली’ लाई ‘बाल मैत्री’ भन्ने जस्ता हास्यास्पद अनुवादको आघातबाट रन्थनिएको छ त कहीं ‘मराउमाथि कात्रो’ भनेझैं ‘अपांग’ ९नेत्रप्रान्त० लाई ‘विकलांग’ को अर्थमा प्रयोग गर्दा पनि नपुगेर ‘अपांगता भएको’ भन्न विवश बनाइएको छ। नेपालीमाएउटा पातलो स र एक–एकवटा ह्रस्व इ–उ भए पुग्छ, श–ष–ई–ऊ चाहिंदैनन् भन्ने पण्डितम्मन्यहरूको विप्रलापबाट प्रताडित छ। अनि, राज्यशक्तिको आडमा शुद्ध शब्दहरूको बलात् अंगभंग गरिने, वर्णमालाबाट वर्णहरू हटाइने, छँदाखाँदाका संयुक्त अक्षर फुटाइने ९‘विद्या’ लाई ‘विद्या’ मात्र होइन, ‘अङ्क’ लाई समेत ‘अङ्क’ बनाइने० जस्ता आततायी व्यवहारबाट युद्धस्तरमा आक्रान्त छ। यस अवस्थामा डा। पन्त जस्ता विद्वानहरूको भाषिक संवेदनशीलताले भरिपूर्ण वैचारिक विमर्शले नै नेपाली भाषालाई संकटमग्न हुनबाट जोगिन सघाउनेछ। नेपाली भाषाप्रेमी हामी सबैले यसको स्वागत गर्नुपर्छ। जय होस्!

प्रकाशित : माघ १३, २०७४ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्

यौनका कुरा

पुस्तक
भुवनहरि सिग्देल

काठमाडौँ — यौन अश्लील विधा होइन। अनुभूतिसँग गाँसिएको, भावनासँग साटिएको र जीवन र जगत्सँग एकाकार विषय कसरी अश्लील हुन्छरु मानिसबाहेक सबै जीवनमा यो विषय खुला छ। मानवजाति अन्य जीवको तुलनामा बढी चञ्चल छ। ऊसँग बढी चेतना छ। चिन्तन छ। सपना भनूँ कल्पना गर्ने शक्ति प्रबल छ। 

काठमाण्डु कथाकथाकार : डब्बु क्षत्रीप्रकाशक : शिखा बुक्स

कथाकार डब्बु क्षत्रीले समाजका पात्रको पृथक् यौनिक मनोविज्ञान पाटाहरू अध्ययन गरे। घटना र अवस्थाहरू टिपेर त्यसको वर्गीकरण गरे। नेपालकै परिवेशका पात्रहरूको सूक्ष्म अध्ययन गरे। अध्ययनपछि उनी उत्सुक भए। प्रेम र यौनलाई एउटै तुलामा राखेर जोख्न खोजे, मिलेन। अवस्था, समय, जीवन परिवेश, रहनसहन, संस्कृति जीवनस्तरका हिसाबले प्रेम र यौन पक्षमा विविधता हुन्छ भन्ने यकिन गरेर ती विषयका भिन्नाभिन्नै कथा बनाए। यसरी ती सामग्रीलाई कथाका रुपमा समेट्ने कोसिस गर्दै जाँदा २४० पृष्ठको सुन्दर कथाकृति बन्यो, ‘नमस्ते काठमाण्डु’। यो सानो टिपोटमा यही नमस्ते काठमाण्डुभित्रका रोचक प्रसङ्ग उल्लेख गर्ने प्रयास गर्छु।

मानव जाति वा मानव समाज भनिए पनि यौनिक घटना, क्रियाकलाप मानिसको कथित सभ्यता भनूँ वर्गवर्गभित्रका हिसाब भिन्न देखिने रहेछ। डब्बुजीले मानिसका नैसर्गिक र प्रकृतिप्रदत्त स्वभाव एकै हो भनी मान्दा मान्दै उच्चवर्गीय यौन विलासिता, मध्यमवर्गीय यौन विद्रोह, निम्नवर्गीय यौन विवशता, प्रविधि जन्य यौन विरूपता र यौनजन्य मनोसुषुप्त भावना गरी पाँच वर्गका यौन कथालाई यो पुस्तकमा स्थान दिएका छन्।

डब्बुजीले निकै सुझबुझसहित यसमा समाविष्ट कथाको वर्गीकरण गरेका हुन् भन्ने किन लाग्छ भने यौन मनोविज्ञान र चाहना सबै मानवको उस्तै भए पनि स्थान, प्रवृत्ति, परिवेश र सोचाइका कारणले पृथक् बन्ने रहेछन्। यसको वर्गीकरण आवश्यक थियो थिएन, उपयुक्त हो होइन ती कुरा भोलि पाठकले निक्र्योल गर्ने थिए होलान्। तर ती पक्षको निरूपण लेखक आफैँले दिएर पाठकलाई त्यो झन्झटबाट पनि मुक्ति दिएका छन्।

यो कथासङ्ग्रहको व्यवस्थापनलाई हेर्दा उच्च वर्गीय यौन विलासिताअन्तर्गत ‘हयाप्पी न्यू इयर’, ‘खोक्रो सान’ र ‘सुब्बासाबको सकस’ शीर्षकका कथा समावेश गरिएको छ। मध्यमवर्गीय यौन विद्रोहमा पर्ने कथाहरू स् ‘नेपथ्य’, ‘बिग्रेकी केटी’, ‘इन्टर्नसिप’, ‘बहुरूपी’ हुन्। निम्नवर्गीय यौन विवशताभित्र ‘टुँडालदेवी’, ‘नमस्ते काठमाण्डु’ र ‘मायाप्रेममा जे पनि हुन्छ’ शीर्षकका कथा छन्। प्रविधिजन्य यौन विरूपताभित्र ‘न्युड पेन्टिङ’, ‘मोनिकाको हत्या’, ‘भर्चुअल लभ’, ‘मिसकल कथा’लाई स्थान दिइएको छ। यौनजन्य मनोसुषुप्तताभित्र चारवटा कथा छन्, ‘फिरन्ते’, ‘सेतो गुलाफ’, ‘त्यो झ्याल’ र ‘हुसेन साबको हर्कत’। यसरी ‘नमस्ते काठमाण्डु’ जम्माजम्मी १८ वटा कथाको सुन्दर सङ्ग्रह बन्न पुगेको छ। मानिसको भावनासँग प्रत्यक्ष सरोकार राख्ने विषय हुनाले कथाका घटना प्रसङ्गले पाठकको मन तुरुन्तै तान्ने सामथ्र्य राख्छन्। कथा चटपटे स्वादका छन्। भनूँ न, आजको सहरीकरण र त्यसको सभ्यताले धुरुक्कै पारेको हामी पाठकको अवस्था लेखकले बुझेका छन्। बजारले हाम्रै अवस्था हेरेर फास्टफुडका स्वाद तत्कालै दिए जस्तै डब्बुजीका कथाले कुनै विम्ब, ध्वनिमा पाठकले दिमाग दुखाइरहनु नपर्ने गरी सोझै विषयवस्तुमा प्रवेश गराइहाल्छन्। पाठकभित्रको पठनको भोक जागृत भइहाल्छ। जिज्ञासाले गर्दा पाना पल्टाएको पनि महसुस हुन नपाउँदै कथाले विश्राम लिइहाल्छन्।
यसरी कथा सुरु भइहाल्छ ।।।किङ्स वे! मलाई अति मन पर्ने ठाउँ।

शेर्पा मलको क्याफेरिना। गर्लफ्रेन्ड एन्जिला राणाको प्रतीक्षा। यो ठाउँ उसलाई पनि अति मन पर्ने। हाम्रो फेभरेट।
छिप्पिँदो साँझ। क्याफे गेटमा क्रिसमस ट्री। आफ्नै लयमा रङ्गीन बत्ती झिम्किँदै छन्। क्रिसमस सकिएको मात्र चारदिन भएको छ।आज न्यू इयर इभ। सन् २०१५ को अन्तिम साँझ। हाम्रो अन्तिम ‘डेस्टिनेसन’ फेसेज लाउन्ज ठमेल। फोन बज्यो, एन्जिलाको रहेछ।

‘हे एन्जी! आई एम स्टिल वेटिङ फर यू इन योर फेभरेट लोकेसन।’
‘ओ आर यू इन क्याफेरिनारु’
‘एस डियर† कम अन फास्ट’
डब्बुजीका कथा परिवेशले झिँजो लाउँदैनन्। कुनै लघुकथाजस्ता भए पनि यौनका समग्र बोध गराउन सक्नु कथाकारको विशेषता हो। कथा सुरु गरेपछि अन्त नगरी धरै पाइन्न। आफ्नै भाषाशैली तर कतै पनि दुरूह पदपदावलीले पाठकलाई हैरान पार्दैपार्दैनन्। उनका कथा वर्तमान समय र घटनाभित्र बुनिएका कथा हुनाले होला कथाभित्रको कुनै नायकमा पाठकलाई आफ्नो या कुनै परिचितको स्वभाव मिल्छजस्तो लागिरहन्छ कथा पढ्न लाग्दा। यसलाई कथा नाम दिइए पनि सत्यकथा पढेजस्तो लाग्छ।

यसभित्र एउटा कथा छ, हुसेनसाबको हर्कत। एउटा दृश्य यसरी लेखिएको छ | ‘आखिर निकाह कबुल गर्न कर लाग्यो। अब्बा अम्मी, परिवार, सखी, छिमेकी सबै छाडेर हुसेनसाबको घर आउनुपर्‍यो सालिमालाई।एक दिन राजुसँग खुब मस्केकी थिइन्। त्यो दृश्यले हुसेन साहबको नजर घोच्यो। मन पोल्यो। सलिमा घर घरभित्र आइन्।

हुसेनसाबले सलिमाको दुवै हात बाँधिदियो। दुईवटा हरियो खुर्सानी टोक्न लगायो। बाँकी रहेको खुर्सानी पनि सलिमाको ओठमा दलिदियो।‘ओ बेगम त नि हँस् त।’उनी हाँसिनन्। पिरोले पोलेर रुन पो थालिन्।‘हँस्न रे। आरेरे। तिमी रोइलिएको याररु त्यो साला पर्वतियासँग त खुब हाँस्दैथिस् अघि। मेरो लागि पनि हास्न रे।’ अचम्मको यौन विकृति छ हुसेनसाबको। प्रत्येक कथामा अचम्म लाग्दा दृश्य र पात्रका यौन मनोविज्ञान समेटिएका छन्। पन्ध्र वर्षको विश्वकर्मा केटो र बयालीस वर्षकी पराजुली बज्यैले भागेर प्रेम विवाह गरेको एउटा कथा पढेपछि मैले डब्बु क्षत्रीलाई सोधेको थिएँ, ‘डब्बुजी यस्तो पनि हुन्छरु’उनले भने ‘यो सत्य कथा हो सिन्धुपाल्चोकमा भएको घटना।’

अर्को एउटा कथा पढ्दा तीस वर्षअघिका घटना याद आए। मेरा एक जना साथी थिए। हामी एउटै अफिसका जागिरे थियौँ। उनी आइमाईले नुहाएका दृश्य घण्टौँ बसेर हेरिरहन्थे। उनको यस्तो चाहना पूरा गराउन मैले दुई दिनसम्म तातोपानी लगेर राखेको थिएँ उनलाई।

फिरन्ते कथा पढ्दा यसको पात्र हाम्रै परिवेशमा फेलापर्ने छ। अलि फरक तर अद्भुत कथा छन् न्यूड पेन्टिङ्ग र भर्चियुल लभ। यी कथा पढ्दा झसङ्गै पारेका थिए मलाई। मानिस र मानिसभित्र यौनसँग सम्बन्धित सडान्ध या कुनै न कुनै विकार रहेको हुन्छ। समय पाउँदा त्यसले टुसा हाल्छ भन्ने सन्देश दिने खालका सामग्री यसमा प्रशस्तै समाविष्ट छन्।
मानिसले सितिमिति हात हाल्न लजाउने तर मानवीय संवेदनाको घनत्व रहेको प्रेम र यौन सन्दर्भका विषय लेखिनुपर्छ भन्ने मलाई लाग्छ। यस्तो पठनीय विषय उठाउने यो कथाका लेखक डब्बुजीलाई बधाई।

प्रकाशित : माघ १३, २०७४ १०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×