कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चिनियाँ संगीतका तीन तारा

टीएफब्वाइजको विइवो फलोअर्स २ करोडभन्दा बढी छ । चीनका सञ्चारमाध्यमका अनुसार औसत मासिक पौने दुई करोड डलर त ब्यान्डका सामग्री नै बिक्री हुन्छ ।

सामाजिक सञ्चालमा ट्वीटरको रूपमा चिनिन्छ, विइवो । चीनमा ट्वीटर छैन तर त्यसको विकल्प हो विइवो । चीनको सामाजिक सञ्जाल विइवोमा अहिलेसम्मकै सबैभन्दा बढी के ‘सेयर’ भएको होला ? अनुमान गर्नुहोस् । कुनै आकर्षक भिडियो वा चीनका राष्ट्रपति सी जिनपिङको भाषण वा उनले विश्वका नेतासँग सम्मेलनमा भएका भेट ?

चिनियाँ संगीतका तीन तारा


अचम्मलाग्दो कुरा के छ भने विइवोमा सबैभन्दा बढी सेयर हुनेमा पर्छ, एक किसोरको जन्म दिनको सन्देश । उक्त सन्देश थियो, ‘म आज १५ वर्षको भएँ । यी सबै वर्षहरूमा मसँगै हुनुभएकोमा सबैलाई धन्यवाद छ ।’
सन् २०१४ को सेप्टेम्बरयता यो सन्देश विइवोमा साढे ३३ करोडभन्दा बढी सेयर भइसकेको छ । यो विइवोमा अहिलेसम्म सबैभन्दा बढी सेयर भएको पोस्टमा पर्छ । यो गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता भइसकेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
उक्त पोस्ट गरेका हुन् वाङ जुन्काईले । तीन किशोर सम्मिलित टीएफब्वाइज सांगितिक ब्यान्डका वाङ नेतृत्वकर्ता हुन् । यो अहिले चीनको सबैभन्दा सफल र चर्चित ब्यान्ड हो । उनीहरूले सन् २०१३ बाट डेब्यु गरेका हुन् । जुन बेला यी किशोरहरू १२ र १३ वर्षका थिए । उनीहरूले चीनका मुख्य सांगीतिक अवार्डहरू आफ्नो पोल्टामा पारिसकेका छन् । टीएफब्वाइजको विइवो फलोअर्स २ करोडभन्दा बढी छ । चीनका सञ्चारमाध्यमका अनुसार औसत मासिक पौने दुई करोड डलर त ब्यान्डका सामग्री नै बिक्री हुन्छ ।
जापान र कोरियाका ब्यान्डले जस्तै गरी यी किशोर युवाले सडकमा हिँडेर वा अन्य कुनै क्रान्तिकारी शैलीमा आफ्नो सांगीतिक प्रस्तुति गरेका छैनन् । उनीहरूले अध्ययनमा मिहिनेत गर्ने र मुलुकलाई सेवा गर्ने विषयमा गाएका छन् । सभ्य पोसाकमा मीठो मुस्कानसहित किशोरहरू आउँछन् र गीत आउँछन् ।
तीन किशोरहरू वाङ जुन्काई, वाङ युङ र यियाङ क्युअन्सीलाई तीन ‘टाइम फेन्जजुन इन्टरनेन्टमेन्ट’ ले ट्ेरनी कार्यक्रमको रूपमा प्रयोग गरेको थियो । उनीहरूको एउटा चर्चित गीत ‘म्यानुयल अफ युथ’ मा युवाहरू हास्य किताबका साथमा कक्षा कोठामा नाचिरहेका देखिन्छन् । यी युवाहरूको भिडियोले चिनियाँ जनताको मन मात्र जितेको छैन, साथमा चिनियाँ सरकारको पनि समर्थन पाएको छ । चिनियाँ सरकारी टीभी सीसीटीभीले उनीहरूलाई दुईपटक ‘चाइनिज लुनार न्यू इयर टेलिभिजन गाला स्टेज’ मा सामेल गरिसकेको छ । कम्युनिस्ट युथ लिगले आफ्नो आधिकारिक विइवोमार्फत टीएफब्वाइजको प्रचार–प्रचार गरिरहेको छ ।
सन् २०१५ को इन्टरनेसनल चिल्ड्रेन डेमा कम्युनिस्ट युथ लिगले टीएफब्वाइजको ‘वी आर हाइयर अफ कम्युनिस्ट’ अर्थात् ‘हामी कम्युनिस्टका हकवाला हौं’ शब्द रहेको भिडियोलाई बजारमा ल्याएको थियो । गीतको शब्दमा ‘देश र जनतालाई माया गर, अप्ठ्यारो वा शत्रुदेखि नडराऊ’ भन्ने छ । ‘चिनियाँ सरकारले सांगीतिक क्षेत्रलाई अधीनमा लिएको छ,’ सांघाईस्थित टोङजी युनिभरसिटी सांस्कृतिक विज्ञ ज्हु डके भन्छन्, ‘सरकारले सहयोग गरेका र सकारात्मक महत्त्व देखाएकाहरूले प्रगति गरेका छन् ।’
सकारात्मक महत्त्व भनेको परम्परागत महत्त्व, सामाजिक सद्भाव, कडा मिहिनेत मात्र होइन, पार्टीको धारणाभन्दा फरक पनि हो । चिनियाँ पदाधिकारीहरू अनुशासनका कुरामा सतर्क छन् । उनीहरूले कुलतमा लागेका हङकङका वा छुटिनुपर्छ भन्दै आएका ताइवान वा गत वर्ष अमेरिकासँग मिसाइल डिफेन्स सिस्टममा समझदारी गरेको दक्षिण कोरियालाई चिनियाँ इन्टरनेटमै बन्द गरिदिएका छन् । दक्षिण कोरियाका गायक र कलाकारलाई चीनका टेलिभिजनमा बन्देज गरिदिएका छन् ।
सरकारको कालो सूचीमा परेका कुनै पनि ब्यान्ड वा क्षेत्रकाले प्रगति गर्न सक्दैनन् । ड्याङरोन फिल्म एन्ड टेलिभिजन मिडिया सेन्टरका कार्यकारी अधिकृत जोउ हुनान भन्छन्, ‘टीएफब्वाइजको सफलताको पछि चीनको सांगीतिक उद्योग हो ।’ उनका अनुसार सन् २००० अघि चीनको सांगीतिक उद्योगमाथि हङकङ, ताइवान, जापान र दक्षिण कोरियाको आधिपत्य थियो । उनले भने, ‘त्यही मुलुकका कलाकारलाई आफ्ना स्टारका रूपमा चिनियाहरू मान्थे । तर अहिले फरक छ । हामीसँग पैसा छ । बजार छ । सांगीतिक कम्पनीहरूले स्टारलाई कसरी प्रमोसन गर्नुपर्छ भन्ने जानेका छन् ।’
टीएफब्वाइज ब्यान्ड यसरी चर्चित भएको छ कि ती किशोरहरूलाई फिल्म खेल्ने प्रस्तावसमेत आइसकेको छ । चिनियाँहरूले उक्त ब्यान्डको चौथो वार्षिक उत्सवको कार्यक्रममा सहभागी हुन पैसा जम्मा गरिरहेका छन् । भविष्यमा यी युवाहरू कति चर्चित हुन्छन् भन्ने चर्चा चीनमा छ । त्यसबारे एउटा चिनियाँ उखान छ, ‘तीन वर्षको उमेरमै थाहा हुन्छ कि ऊ बूढो भएपछि कस्तो हुन्छ ।’
न्युयोर्क टाइम्स

प्रकाशित : वैशाख ३०, २०७४ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?