१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गरिमा पन्त, अभिनेत्री

शरीर स्वस्थ र स्फुर्त राख्न ध्यान दिनुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा खानपान हो । अचेल नखाएर स्वस्थ भइन्छ भन्ने गलत सोचले डाइटिङ गर्ने लहर चलेको छ ।

गरिमा पन्त, अभिनेत्री
म डाइटिङमा विश्वास गर्दिनँ । यसले शरीरलाई आवश्यक पोषण नपुगेर झनै कमजोर बनाउँछ । सन्तुलित खानाले शरीर स्वस्थ राख्ने भएकाले म खाएरै शरीरलाई फिट राख्ने प्रयास गर्छु ।  
बिहान ६ः३० बजेदेखि मेरो दैनिकी सुरु हुन्छ । उठेर कागती पानी पिउँछु । प|mेस भएर केही समय योगामा बस्छु । योगाको ४/५ किसिमका आसनमा बस्छु । म प्रायः मर्निङ वाक गर्दिनँ । बिहान चाँडै खाना खाने भएकाले मेरो ब्रेकफास्ट खाने बानी छैन । चिया पनि पिउँदिन बरु अलिकति फलफुल खान्छु । बिहान १० बजेसम्ममा बिहानको खाना खाइसकेको हुन्छु । खानामा सादा दाल, भात, तरकारी नै मन पर्छ । घरमा जे बनिरहेको हुन्छ त्यही खान्छु । मेरो घरमा धेरै मसलेदार चिल्लो खाना बन्दैन, हरियो सागपात हुन्छ ।
बाहिरको खानेकुरा नखाने भएकाले घरैमा खाना खाएर निस्कने प्रयास गर्छु । सुटिङको बेला भने जुनसुकै बेला निस्किनु पर्छ । त्यस्तो अवस्थामा ब्यागमा खानेकुरा राखेर जान्छु । ग्यस्टि्रकको समस्या नहोस् भनेर ड्राइफ्रुट्स, बिस्कुट, कुकिजहरु बोकेर हिँड्छु । दिउँसोको खाजामा पनि आफैले बोकेका हल्काफुल्का खानेकुरा खाने गरेको छु । एकदमै कम मात्र रेस्टुरेन्टहरुमा खान्छु । ढिलै भए पनि सकेसम्म घरैमा पुगेर खाउँ भन्ने लाग्छ ।
बेलुका घर फर्किएपछि केही समय रेस्ट गर्ने गर्छु । टेलिभिजन हेर्ने, मनोरञ्जनात्मक कार्यक्रम हेरेर डिनर खान्छु । ७ः ३० बजेतिर खाने डिनरमा रोटी, ढिंढोलगायत हुन्छ । डिनरमा कहिलेकाहीं मात्रै भात खाइन्छ । त्यसपछि केही समय घरै वरिपरि हिँड्छु । मनोरञ्जनात्मक कार्याक्रमहरु हेर्ने, केही समय पुस्तक पढ्ने गर्छु र ११ बजेतिर सुत्छु ।
 

प्रकाशित : पुस १२, २०७१ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?