सहर

कविता
कान्तिपुर संवाददाता

जाडोयामको बिदा छोपीम सहर घुम्न गएँ,सहरको रमाइलो देखीम त धेरै खुसी भएँ ।


सहरमा त हुँदा रैछन्
धेरै ठूलाठूला घर,
किनमेल गर्न सबै मानिस
पर्छन् सहरकै भर ।

बाटाघाटा पनि पक्की
मोटरगाडी कतिकति,
साँझपख जताततै
बल्छन् झिलिमिली बत्ती ।

रमाइलो सहरमा
सुविधा छन् कति धेरै,
गाउँ फर्के नि मेरो मन त
सहरमै छ जतिखेरै ।
िमिलन केसी, कक्षा–५
बालज्योति कम्युनिटी एकेडेमी, स्याङ्जा

प्रकाशित : माघ ५, २०७६ १२:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हिउँ खस्यो फरर

कविता
कान्तिपुर संवाददाता

ढकमक्क कुहिरोले हाम्रो स्कुल ढाकेछ ।बादल लाली जताततै र पो चिसो डाकेछ ।।


चिसा भए हातखुट्टा पानी पर्दा दरर ।
बाहिर निस्की हेर साथी हिउँ खस्यो फरर ।।

हिउँका ढिका जताततै बाटो पूरै सेतै छ ।
केटाकेटी सबैको ध्यान आज त्यतै छ ।।

स्कुल पनि बिदा भयो बाहिर हिउँको रास छ ।
हिउँ परेपछि पो आजको दिन खास छ ।।

हिउँ खेली बिरामी हुने पीर छ बाबालाई ।
हिउँमै खेल्न दौडिएँ म फकाएर आमालाई ।।

खेल्ने, डुल्ने उमेर हो पढ्ने हाम्रो काम हो ।
पढी, लेखी हामीले राख्ने देशको नाम हो ।।

आज हिउँ परेर चिसो बढ्यो लेकमा ।
कति मान्छे आएका घुम्न हाम्रो भेगमा ।।

फोटो खिच्दै हिउँ खेल्दै दाइदिदी रमाए ।
कोही डराई परै बसे केहीले हिउँ समाए ।।

भोलि घाम लाग्यो भने पग्लिजान्छ हिउँ सबै ।
आऊ साथी हिउँ हेरौं आज कतै नगई ।।

हातका कोमल औंला हिउँले खान्छ भनेर ।
म त पन्जा लगाई आएँ आफैं ज्ञानी बनेर ।।
- मिर्मिसा पराजुली
लालीगुराँस टोल, पोखरा

प्रकाशित : माघ ५, २०७६ १२:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×