कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

जाडो

कविता
कमल कोइराला

मंसिर–पुस लागेर होला चिसो झन् बढेछ,
बोकेर जाडो फाँटमा बाक्लो कुहिरो झरेछ ।

जाडो

दिउँसोपख पारिलो घाम देखिन्छ धर्तीमा,
शरीर न्यानो बनाउने चिज चाहिन्छ सर्दीमा ।।

जाडोमा न्यानो घाम नै हाम्लाई पियारो लाग्दछ,
छानेर बाक्ला कपडा लाए चिसो नि भाग्दछ ।
सिरक गम्म ओढेर सुतौँ यो चिसो रातमा,
बाहिर हिँड्दा ज्याकेट बोकौँ सबैले साथमा ।।

बस्नु है पर्छ झ्याल र ढोका लगाई टमक्क,
हिँड्नुपर्छ कपडा बाक्लो लाएर गमक्क ।
खानु है पर्छ तात्तातो चिज बिहान–साँझमा,
मिलेर बसौं घरमा हुँदा अँगेनो माझमा ।

शिरमा टोपी खुट्टामा जुत्ता नबिर्सी लाएमा,
शरीरबाट भाग्दछ चिसो तात्तातो खाएमा ।
शरीर न्यानो हुनेछ नित्य खेलमा रमाए,
झन् न्यानो हुन्थ्यो शरीर हाम्रो मौसम घमाए ।।
-

प्रकाशित : पुस ६, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?