कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

फूलबारी

मेरो घर छेउमा एउटा फूलबारी
आउँछन् जान्छन् पुतली रमाइलो पारी,
फूलबारीमा फूल छन् धेरै थरीका
लाग्छ पंख हुन् ती कुनै परीका ।

फूलबारी

फूलबारीको छेउमा अग्ला–अग्ला रुख
चरीलाई घर बनाउन छैन कुनै दुःख,
मीठो रस खानलाई मौरी नाच्दै आउँछ
फूलबारीमा जाँदाखेरि मन रमाउँछ ।

मलाई धेरै फूलहरू हेर्ने रहर लाग्छ
फूलको रंग अनि सुबासले आँत मेरो जाग्छ,
तिमी पनि रंगीचंगी फूलपात हेर
कागजमा या मनमा तिनको चित्र कोर ।
- प्रशन्ना

प्रकाशित : मंसिर २२, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?