कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वनभोज रमाइलो

कविता

साथी–साथी मिलीकन वनभोज गयौं,
वनमा पुगी रमाएर यताउता हेर्‍यौं ।
चराहरू चुर्चुर्र गर्दै मीठा गीत गाउँथे,
लोखर्केले तीखा आँखा हामीतिर लाउँथे ।

वनभोज रमाइलो

राम्रो ठाउँ घुम्यौं जंगलको बीचमा,
काम गर्‍यौं मिलीकन पकाउने ठाउँमा ।
जथाभावी फोहोर–मैला नगरेर साथी,
काम गर्दा गर्नुपर्छ ध्यान धेरै राखी ।

आगोनजिक सधैंभरि ख्याल राख्यौं साथी,
खेल खेल्दा आगो–पानी नखेलेकै जाती ।
खेल खेल्ने चौउरमा, घाम घमाइलो,
वनभोज मीठो खायौं, आहा रमाइलो ।
- पवित्रा दाहाल
लोकन्थली, भक्तपुर

प्रकाशित : मंसिर २२, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?