२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सुन्तला

कविता

हेमन्त ऋतु पारिलो बन्दै मंसिर डाकेछ
दैलामुनिको ठूलो रूखमा सुन्तला पाकेछ ।
महिना दिनअघिसम्म त देखिन्थ्यो हरियो
पाकेका दाना टिपेर खान बारीमा झरियो ।।

सुन्तला

एउटा थैलो बोकेर बुबा रूखमा जानुभो
कस्तो रहेछ भनेर दानो टिपेर खानुभो ।
गुलिया मानी भर्नुभो झोला सुन्तला टिपेर
लौ बाबु भनी मलाई एउटा दिनुभो झिकेर ।।

कोट्याई बोक्रा केसरा झिक्दा हात नै बसायो
रसिला मीठा बिजुला देख्दा मुख नै रसायो ।
झिकेर खाएा सुन्तला मैले बारीमै अघाएँ
बचेका जति घरमा लान बुबालाई सघाएँ ।।
- कमल कोइराला

प्रकाशित : मंसिर १५, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?