१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दाइा हाल्दा

कविता

खेतालाले मिलिजुली
मंसिरे गीत गाई,
मियो गाडी खले खेतमा
हाल्न थाले दाइँ ।


गोरु खोजी गाउँबाट
ल्याइयो तल्लो फाँटमा,
दाइँ हाल्न सुरु भयो
हिजो मध्यरातमा ।

खरैबाट धान झिक्दै
ठटाउनुभो दाइले,
‘दाइँबराइँदो’ भन्दै गोरु
खेद्न थाल्यो भाइले ।

दाइँ हालेर तयार भयो
परालको ठूलो भारी,
सबै मिली पुर्‍याइयो
धान–पराल खोलापारि ।
- अंकित खनाल, कक्षा–५
सिद्धिविनायक इंग्लिस बोर्डिङ स्कुल, तनहुँ

प्रकाशित : मंसिर १५, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?