कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

धान भित्र्याउने सिकाइ

‘मानो रोपी मुरी फलाउने’ अभ्यास विद्यार्थीलाई गराइएको छ  । झतपुरस्थित शंकर नेसनल स्कुलका विद्यार्थीले असारमा रोपाइँ गरेर फलाएको धान विद्यार्थी आफैंले काटेर भित्र्याएका हुन्  ।

धान भित्र्याउने सिकाइ

धान कसरी रोपिन्छ, कसरी फल्छ भन्नेबारे अध्यासकै रूपमा सिकाउन यस्तो गरिएको हो । स्कुलले प्रि–प्राइमरी र प्राइमरी तहका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराएको हो । अधिकांश विद्यार्थीलाई पसलबाट किनेर ल्याइने खाद्य पदार्थ प्रयोग गरेको मात्र अनुभव भएकाले स्कुलद्वारा चामल कसरी तयार हुन्छ भन्ने प्रक्रियाबारे पनि जानकारी दिइएको थियो । हाम्रो भान्सासम्म चामल कसरी आउँछ भन्ने बुझाइएको प्रधानाध्यापक शरण चौलागाईंले बताए ।

प्रकाशित : मंसिर १, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?