३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पहाड

कान्तिपुर संवाददाता

कहीँ कडा चट्टान हुन्छन्
कहीँ हरियाली रूख,
रूखको शीतल छहारीले
सबैलाई दिन्छ सुख ।

पहाड

पहाडभरि हुन्छन् अनेक
ठूलाठूला भीरपाखा,
त्यही पहाडमा चराहरू
गाउँछन् मीठो भाका ।

भन्ज्याङ हुन्छन् पहाडमा
बस्तीभित्र राम्रा घर,
कहीँ जस्तापाता देख्छु
कतै छाइएको छ खर ।

जडिबुटी र खनिजको
पहाड हो सम्भावना,
पहाडमै लुकेको छ
हाम्रो देशको मौलिकपना ।
िसमृद्धि वाग्ले, कक्षा–४
शिशु निकेतन स्कुल, पोखरा

प्रकाशित : कार्तिक २४, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?