खेलौँ देउसीभैलो

कान्तिपुर संवाददाता

साथीसंगी रमाउँदै
डुल्दै हिँडी घरको दैलो,
औँसीको दिन साँझपख
खेलौँ देउसीभैलो ।

तिहारमा गाई पुजिन्छ
सेतो–कालो अनि कैलो,
रमाउँदै तिहारमा
खेलौँ देउसीभैलो ।

सयपत्री र मखमली
आहा १ पाखाभरि फुल्यो,
मादल घन्काई गीत गाएर
खेलौँ देउसीभैलो ।

चामल, रोटी पैसा थाप्न
बोकौँ सानो थैलो,
तिहारमा छमछम नच्दै
खेलौँ देउसीभैलो ।

प्रज्वल बूढाथोकी, कक्षा–५
बालज्योति कम्युनिटी एकेडेमी, स्याङ्जा

प्रकाशित : कार्तिक १०, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?