कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

क्रिकेट मोह

कान्तिपुर संवाददाता

पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहीबार पुग्दा क्रिकेट सिक्दै गरेका बालकहरू भेटिए  । उत्तरतर्फ सेतै टल्कने हिमशृंखला नियाल्दै क्रिकेट खेल्न पाउँदा उनीहरू उत्साहित थिए  ।

क्रिकेट मोह

विभिन्न विद्यालयमा अध्ययनरत उनीहरू नियमित क्रिकेट सिक्छन् । उनीहरूलाई रिजन प्रजु, जिम्मी गुरुङ र विष्णुप्रसाद शर्माले सहजीकरण गरिरहेका छन् ।
त्यहाँ क्रिकेट सिक्ने ६ देखि १६ वर्ष उमेर समूहका ६० जनासम्म हुन्छन् । बिहान ६ देखि ८ बजेसम्म र दिउँसो साढे ३ देखि साँझ साढे ६ बजेसम्म सिकाइने प्रशिक्षक जिम्मी गुरुङले बताए । आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पनि सिकाइने उनले जनाए ।
तीन वर्षदेखि क्रिकेट खेल्न थालेका अलभ्य पहारीले नियमित सहभागी भएको डेढ वर्ष भयो । उनी अस्ट्रेलियन क्रिकेट खेलाडी ग्लेन जेम्स म्याक्सवेलबाट प्रभावित छन् । सफल क्रिकेटर बन्ने सपना बुनेका उनी त्यसैका लागि मिहिनेत गर्दै छन् । त्यहीँ क्रिकेट सिक्दै गरेका सोयल कुँवर ११ वर्षका भए । उनले ४ वर्षको उमेरदेखि नै सिक्न थालेका हुन् । हाल ६ कक्षामा अध्ययनरत उनले विभिन्न प्रतियोगितामा भाग लिएर अनुभव संगालिसकेका छन् । आदित्यदेव प्रजुले कक्षा ३ मा पढ्दादेखि क्रिकेट खेल्न थालेका हुन् । नेसनल लेबलको क्रिकेटर बन्ने उनको लक्ष्य छ । १२ वर्षका अंश तुलाचन ७ कक्षामा पढ्छन् । उनले क्रिकेट खेल्न थालेको २ वर्ष भयो । भारतीय क्रिकेटर रवीन्द्र जडेजाका फ्यान उनलाई ब्याटिङ गर्न बढी मनपर्छ । ११ वर्षका अर्नव तुलाचन पनि ब्याटिङ गर्न मन पराउँछन् । उनले सिक्न थालेको २ वर्ष भयो । उनी नेपाली क्रिकेटर सन्दिप लामिछानेबाट प्रभावित छन् । ६ कक्षामा अध्ययनरत उनको ध्यान सफल क्रिकेटर बन्नेछ । त्यहाँ भेटिएका रोशन न्यौपाने ६ वर्षदेखि क्रिकेट खेल्दै छन् । अलराउन्डर बन्दै क्रिकेटमा स्थापित हुने रहर उनको हो ।
यहाँ बालबालिकालाई उनीहरूको खेलस्तरअनुसार सिकाइन्छ । कोण राख्न, डिफेन्स गर्न, बलिङ गर्न, फिल्डिङ गर्न, बललाई एक्सन मिलाउन, नेटमा हान्न, ड्रिल गर्न, ब्याटिङ गर्न मात्र नभएर उनीहरूको फिजिकल फिटनेसलाई मिलाउन त्यहीअनुसार व्यायम गराइन्छ । यसरी प्राटिक्स गर्दा राम्रो गर्दै जाने खेलाडीलाई सेलेक्सन गर्ने, क्याम्पमा राख्ने र खेल खेल्न अवसर प्रदान गरिन्छ । खुला मैदानमा, नेटमा अनि पिचमा प्राक्टिक्स गरिसकेपछि उनीहरूमा निखारता थपिँदै जान्छ । बिहीबार त्यहाँ पुग्दा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी करण केसी सोही मैदानमा प्राटिक्स गर्दै थिए । अग्रजहरूको खेल हेरेर पनि बालबालिकाले धेरै कुरा सिक्न सक्छन् ।
राजाराम पौडेल

प्रकाशित : कार्तिक १०, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?