दसैंको निर्णय

कान्तिपुर संवाददाता

हजुरबाले चुरोटबट्टा बाल्नुभयो निबाले पनि खैनीको प्याक फाल्नुभयो निकाका पनि अबदेखि रक्सी नखानेठूलोदाइ नि जुवातासको खालमै नजानेभन्नुहुन्छ सानोदाइ नि ‘कहिल्यै नढाँट्ने’दिदी पनि सुध्रने रे ‘कुरा नकाट्ने’

भाइले पनि बाआमालाई काम सघाउने
स्कुल छुट्टी भएपछि सिधै घर आउने

म पनि त केही सिक्दा कहिल्यै नहार्ने
‘पैसा १’ भन्दै आमालाई पीर नपार्ने

यो दसैंमा यस्तै भयो हाम्रो निर्णय
भन साथी तिम्रोमा नि यस्तै क्यै भए

इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज,ओखलढुंगा।

प्रकाशित : कार्तिक ३, २०७६ १०:४१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मान्छे

कान्तिपुर संवाददाता

पृथ्वीको माटो खनाउँछबाटो बनाउँछधुलो उडाउँछ मान्छे ।विकासको गाडी गुडाउँछपेट्रोल फुकाउँछधुवाँ उडाउँछ मान्छे ।।

फ्याक्ट्री बनाउँछ,
केमिकल खन्याउँछ
प्लास्टिक बनाउँछ मान्छे ।
प्लास्टिक डढाउँछ
वनका रूख लडाउँछ
प्रदूषण बढाउँछ मान्छे ।।

खाना किनेर खान्छ
सामान चिनेर लान्छ
बिसर्जन बाटैमा गर्छ मान्छे ।
विष खान्छ, रोग बटुल्छ
मन्दिर गएर व्यर्थको
आशीर्वाद माग्छ मान्छे ।।

लाखौंको महल बनाउँछ
कंक्रिटको सहर बनाउँछ
बिरुवा रोप्दैन मान्छे ।
हेर्नलाई संसार घुम्छ
सगरमाथा चुम्छ
आफ्नै मलमूत्र छोप्दैन मान्छे ।।

आफू कपडा लगाउँछ
शरीर सजाउँछ
जल–जंगल–जमिन मास्दै छ मान्छे ।
अचेल विकासका नाममा
विनाश गर्दै
आफ्नै सन्तानको मृत्युमा हाँस्दै छ मान्छे ।।

सञ्जीवनी भुर्तेल, कक्षा–१०
समता शिक्षा निकेतन, बौद्ध, काठमाडौं

प्रकाशित : कार्तिक ३, २०७६ १०:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT