पुतली छोरी

कान्तिपुर संवाददाता

सानीसानी पुतली,
अनुहारै हँसिली,
जान थालिन् पाठशाला,
बोकी सानो झोली ।

पुतली छोरी


स्कुल गई सबैसित
मिलीजुली पढ्छिन्,
छुट्टीपछि घर आई
गृहकार्य गर्छिन् ।

पाठशाला छुटेपछि
घर आउँछिन् भ्यानमा,
मामुसँग मागेर
खान्छिन् एप्पल बनाना ।

मनपर्ने खाजा खाई
साथीसँग जान्छिन्,
हल्ला गर्दै तलमाथि
उछलकुद गर्छिन् ।

गणेश वज्राचार्य
बिराटनगर

प्रकाशित : आश्विन २६, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?